September 18, 2024 | बुधबार, अशोज २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

कचनकवलमा एउटै रुखमा दुई जना झुण्डीएको अवस्थामा भेटियो

  • साझा परिवेश
  • मङ्लबार, माघ १०, २०७९ 0९:५७
कचनकवलमा  एउटै रुखमा दुई जना झुण्डीएको अवस्थामा भेटियो

झापा, माघ १० । दक्षीणी झापाको कचनकवल गाउँपालिका वडा नं. ४ मा दुई जना एकै ठाउँ झुण्डीएको अवस्थामा भेटिएको छ । कचनकवल वडा नं. ४ मा रहेको एभरेष्ट चिया बगान भित्र एक पुरुष र एक महिला एउटै रुखमा झुण्डीएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिनु भयो ।

कचनकवल वडा नं. ४ बस्ने २५ बर्षका राजेश कमार गणेश र सोही वडाकी १८ बर्षिया पवित्रा राजवंशीलाई एकै ठाउँ झुण्डीएर मृत अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता पाठकले बताउनु भयो ।

पाठकका अनुसार गाउँलेले देखेर आज बिहान ६ः३० बजे प्रहरीलाई खबर गरेको हो । के कारणले घट्ना भएको हो भन्ने बिषयमा अनुसन्धानबाट मात्रै थाहा हुने भएकाले तत्काल केही भन्न सकिने अवस्था नरहेको पाठकले बताउनु भयो । यस अघि पनि कचनकवल गाउँपालिकामा नै दुई किशोरी एकै ठाउँ झुण्डीएको अवस्थामा फेला परेका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, माघ १०, २०७९ 0९:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्