sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आत्मदाह गरेका आचार्यकी श्रीमतीले दिइन १२ जनाविरुद्ध प्रहरीमा जाहेरी

  • साझा परिवेश
  • शनिबार, माघ १४, २०७९ 0९:१९
आत्मदाह गरेका आचार्यकी श्रीमतीले दिइन १२ जनाविरुद्ध प्रहरीमा जाहेरी

आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी जाहेरी दिएकी छन् ।

उनले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी जिल्ला प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दिएकी हुन् । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले अधिकारीबाट घटनाको अनुसन्धान गरी पाऊँ भनी किटानी जाहेरी परेको पुष्टि गरे ।

काठमाडौँको नयाँ बानेश्वरमा यही माघ १० गते शरीरमा प्रज्वलनशील पदार्थको प्रयोग गरी आगो लगाउँदा गम्भीर घाइते भएका आचार्यको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ११ गते बिहान निधन भएको थियो ।

आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा उल्लेख भएका व्यक्ति र संस्थाको नाम किटेर श्रीमती नानुकाले जाहेरी दिएकी हुन् ।

“मृतक श्रीमान्ले आफ्नो फेसबुकमा आत्महत्या गर्नुअघि पोष्ट गरेको मृत्युकालीन घोषणालाई म जाहेरवालीले मेरो फेसबुकबाट उतारेको प्रमाण र मेरो शङ्काको आधारमा १२ कसुरदार रहेको किटानी जाहेरी पेश गर्दछु”, जाहेरीमा उल्लेख छ ।

जाहेरीमा आचार्यले फेसबुक स्ट्याटसमा नाम उल्लेख गरेको कलेज, विभिन्न कम्पनी र उद्योगीको नाम समावेश छ । जाहेरीमा ‘उक्त घटना के कसरी घट्न गयो ? आवश्यक अनुसन्धान गरी पाऊँ’ भनिएको छ ।

  • साझा परिवेश
  • शनिबार, माघ १४, २०७९ 0९:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid