April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने

इन्द्रजात्रामा २० विदेशी र २२ स्वदेशी पाहुना सरिक हुने

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १३:५७
इन्द्रजात्रामा २० विदेशी र २२ स्वदेशी पाहुना सरिक हुने

२० जना विदेशी र २२ जना स्वदेशी पाहुना अवलोकनका लागि आउने निश्चित

हनुमानढोका केन्द्रीय सम्पदा पदयात्रा, हाँडीगाउँ र स्वयम्भू र भक्तपुर दरबार स्क्वारयरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकन  गराइने

 

काठमाडौं, असोज ८ गते । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी तथा स्वदेशी पाहुना सहभागी हुने जनाएको छ । सोमबार हनुमानढोकामा पत्रकार सम्मेलन गरेर महानगरले यस वर्षको इन्द्रजात्रा पर्व अवलोकन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरेको जनाएको हो ।

काठमाडौं महनगरका प्रवक्ता नवीन मानन्धरले २० जना विदेशी र २२ जना स्वदेशी पाहुना अवलोकनका लागि आउने निश्चित भएको जानकारी दिनुभयो । यसरी आउने पाहुनाले इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोका केन्द्रीय सम्पदा पदयात्रा, हाँडीगाउँ र स्वयम्भू र भक्तपुर दरबार स्क्वारयरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकन लगायत कार्यक्रममा सहभागी गराइने जानकारी उहाँले दिनुभयो ।

यस्तै, ५ महानगरपालिका र देशभित्रका आन्तरिक भगिनीसम्बन्ध भएका डडेल्धुराको अमरगढी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासी, बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाका प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने महानगरले जनाएको छ ।

काठमाडौं महानगरका अनुसार चीनको सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा नगरसँग भगिनी सम्बन्ध कायम छ भने संयुक्त राज्य अमेरिकाका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर गरी ४ वटा नगरसँग भगिनी सम्बन्ध छ ।

यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।
यद्यपि यस वर्षको इन्द्रजात्रा आउँदो बिहीबार परेको छ । तर इन्द्रजात्राको सुरुवात भने भइसकेको छ ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।