sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुन ल्याएर नेपालमा राख्ने गाल्ने फ्याक्ट्री नै पत्ता लाग्यो

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १२:0६
सुन ल्याएर नेपालमा राख्ने गाल्ने फ्याक्ट्री नै पत्ता लाग्यो
  • एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान
  • सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद
  • ‘ब्रेक शु’भित्र आउने सुन रिफ्रेमगरी भारत लैजाने धन्दा

काठमाडौं ।।

एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागको टोलीले शनिबार राति टोखास्थित एक फ्याक्ट्रीमा छापा मारेको छ । विभागका एक उच्च अधिकारीका अनुसार, प्रि-फ्याबको घरभित्र सुन गाल्ने र रि-फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने फ्याक्ट्री भेटिएपछि छापा मारेर सिल गरिएको छ ।

त्यहाँबाट विभागको टोलीले आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद गरेको छ ।

‘यो सुन तस्करको समूह सोचेभन्दा निकै ठूलो देखियो, राजधानीमा अर्कै फ्याक्ट्री खोलेर सुनलाई अर्कै स्वरुपमा परिणत गराउने गरेको देखिएको छ’, अपरेशनमा खटिएका एक अधिकारीले भने, ‘रातभर छापा हानेर घरमा सिल गरेका छौं ।’

यद्यपि, कस्तो स्वरुपमा सुन परिणत गरिन्थ्यो भन्ने खुलिसकेको छैन । स्रोतका अनुसार, हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन नेपालसम्म ल्याइएपनि भारतमा त्यहीँ स्वरुपमा लैजाँदा जोखिम हुने भएकाले नेपालमा फेरि रिफ्रेम हुने गरेको आशंका गरिएको छ ।

‘भारतमै ब्रेक शु उत्पादन हुन्छ, नेपालबाट ब्रेक शु गएको कुरा खुल्दा शंका पनि हुने भयो, त्यसैले अरु कुनै स्वरुपमा भारतसम्म सुन लगिएको हुनसक्ने देखिएको छ’, ती अधिकारीले भने, ‘यसमा संलग्न नेपालहरुबारे अनुसन्धान गरिरहेका छौं ।’

अपरेशनमा खटिएका अधिकारीहरुका अनुसार, टोखाको फ्याक्ट्री र त्यहाँबाट बरामद सामानहरु हेर्दा यो गिरोहले ठूलो परिणामको सुन गालेर लगेको हुनसक्ने देखिएको छ ।

राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।

त्यसता हालसम्म यो प्रकरणमा विभागले १८ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार मात्रै विभागको टोलीले ठमेलस्थित होटल भियनामा छापा मारेर एक जना नेपाली मुलका बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ ।

हालसम्म पक्राउ परेकामध्ये एक आरोपीको बयानका आधारमा विभागको टोलीले यो फ्याक्ट्रीसम्म पुगेको हो । ४ साउनमा यो प्रकरणमा विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक ज्यास्याङ लिनलाई पक्राउ गरेको थियो ।

हालसम्मको अनुसन्धानले सुन प्रकरणमा पक्राउ परेका १८ जनामध्ये सबैभन्दा उच्च तहका उनी नै भएको देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । यद्यपि, उनी नेपालमा सुनको व्यवस्थापनमा मात्र खटिएका व्यक्ति भएको अधिकृतहरुको भनाइ छ ।

स्रोतका अनुसार, नेपालमा बसेर सुनको व्यवस्थापनमा उनीसहित थप चिनियाँ नागरिकको संलग्नता समेत हुनसक्ने देखिएको छ । त्यसको आधारमा विभागको टोलीले केही स्थानमा छापा मारेपनि कसैलाई नियन्त्रणमा लिएको छैन ।

हाल हिरासतमा रहेका चिनियाँ नागरिक लिनको बयानका लागि विभागले एक जना अनुवादकलाई बोलाएको छ । तर, उनले सुनबारे केही बताएका छैनन् ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘चिनियाँ नागरिकहरु हरेक पटक पक्राउ पर्दा यही समस्या हुन्छ, अंग्रेजी आएपनि बोल्दैनन् । अनुवादक ल्याउँदा पनि समन्वय गर्दैनन् ।’ यद्यपि, विभागले कल डिटेल रेकर्ड (सीडीआर), क्लोज सर्किट क्यामराका फुटेज लगायतका आधारमा उनको नेक्सस केलाउने प्रयास गरिरहेको छ ।

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १२:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid