April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

ठमेलका डिस्को तथा क्लबहरूमै लागुऔषधको कारोबार हुने प्रहरी आशंका

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ १0:४६
ठमेलका डिस्को तथा क्लबहरूमै लागुऔषधको कारोबार हुने प्रहरी आशंका

स्वेदशी–विदेशी पर्यटकको केन्द्र काठमाडौंको ठमेल लागुऔषध कारोबारको पनि हब बन्दै गएको छ । रेस्टुरेन्ट तथा डिस्कोमै कारोबार हुने सूचनाका आधारमा प्रहरीले पछिल्लो समय निगरानी बढाएको छ । लागुऔषध नियन्त्रण ब्युरोले गत महिना यस्ता सातजनालाई पक्राउ गरेको थियो । जसमध्ये तीनजनासँग चरेस तथा गाँजा बरामद भएपछि उनीहरूलाई मुद्दा चलाइएको छ । ‘ठमेलमा सडकमै बसेर लागुऔषध बेच्ने सातजनालाई पक्राउ गरेका थियौँ,’ ब्युरोका प्रमुख एसएसपी विकासराज खनालले भने, ‘त्यसमध्ये तीनजनासँग लागुऔषध बरामद भएकाले उनीहरूलाई थुनामै राखेर अनुसन्धान अघि बढेको छ ।’ सोम दमाईं, सुरेन्द्र नेपाली र नारायण श्रेष्ठसँग गाँजा र चरेस बरामद भएको थियो । खासगरी उनीहरूले विदेशी पर्यटकलाई लक्षित गरी लागुऔषध बिक्री गर्दै आएका थिए ।

डिस्को तथा ब्लकहरूमा पनि लागुऔषधको सेवन तथा कारोबार हुने गरेको सूचनाका आधारमा निगरानी बढाइएको ब्युरोका प्रमुख एसएसपी खनालले बताए । ‘क्लबहरूमा सेवन र कारोबार हुने सूचना प्राप्त भएको छ,’ उनी भन्छन्, ‘यसमा हाम्रो विशेष टोलीले निगरानी गरिरहेको छ ।’

प्ले ब्वाई क्लबमा हुक्कामा राखेर आइस ड्रग सेवन गरेको सूचनाका आधारमा ब्युरोले दुईजनालाई गत असोजमा पक्राउसमेत गरेको थियो । सुरज पराजुली र राजन पराजुलीलाई प्रहरीले पक्राउ गरेको थियो । सुरजको साथबाट १० ग्राम आइस ड्रगसमेत बरामद भयो । तर, यसमा क्लब सञ्चालकको भने संलग्नता भेटिएन । त्यसवेला पक्राउ परेका राजन सैनिक जवान हुन् । उनी धरौटीमा छुटेका छन् ।

त्यसअघि पक्राउ परेका प्रकाश थापा, सोनाम घले तथा सोममाया तामाङमाथि अनुसन्धान गर्दा उनीहरूको सूचना प्रहरीले पाएको थियो । पक्राउ परेका सुरजले क्लबमा गएर लागुऔषध बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । नेपाल आउने कतिपय विदेशीहरू लागुऔषध सेवनकर्ता हुने गरेका छन् । त्यस्तै पर्यटकका लागि सानो परिणाममा लागुऔषध ठमेलका सडकमा खुलेआम कारोबार हुने गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ १0:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट