sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ठमेलका डिस्को तथा क्लबहरूमै लागुऔषधको कारोबार हुने प्रहरी आशंका

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ १0:४६
ठमेलका डिस्को तथा क्लबहरूमै लागुऔषधको कारोबार हुने प्रहरी आशंका

स्वेदशी–विदेशी पर्यटकको केन्द्र काठमाडौंको ठमेल लागुऔषध कारोबारको पनि हब बन्दै गएको छ । रेस्टुरेन्ट तथा डिस्कोमै कारोबार हुने सूचनाका आधारमा प्रहरीले पछिल्लो समय निगरानी बढाएको छ । लागुऔषध नियन्त्रण ब्युरोले गत महिना यस्ता सातजनालाई पक्राउ गरेको थियो । जसमध्ये तीनजनासँग चरेस तथा गाँजा बरामद भएपछि उनीहरूलाई मुद्दा चलाइएको छ । ‘ठमेलमा सडकमै बसेर लागुऔषध बेच्ने सातजनालाई पक्राउ गरेका थियौँ,’ ब्युरोका प्रमुख एसएसपी विकासराज खनालले भने, ‘त्यसमध्ये तीनजनासँग लागुऔषध बरामद भएकाले उनीहरूलाई थुनामै राखेर अनुसन्धान अघि बढेको छ ।’ सोम दमाईं, सुरेन्द्र नेपाली र नारायण श्रेष्ठसँग गाँजा र चरेस बरामद भएको थियो । खासगरी उनीहरूले विदेशी पर्यटकलाई लक्षित गरी लागुऔषध बिक्री गर्दै आएका थिए ।

डिस्को तथा ब्लकहरूमा पनि लागुऔषधको सेवन तथा कारोबार हुने गरेको सूचनाका आधारमा निगरानी बढाइएको ब्युरोका प्रमुख एसएसपी खनालले बताए । ‘क्लबहरूमा सेवन र कारोबार हुने सूचना प्राप्त भएको छ,’ उनी भन्छन्, ‘यसमा हाम्रो विशेष टोलीले निगरानी गरिरहेको छ ।’

प्ले ब्वाई क्लबमा हुक्कामा राखेर आइस ड्रग सेवन गरेको सूचनाका आधारमा ब्युरोले दुईजनालाई गत असोजमा पक्राउसमेत गरेको थियो । सुरज पराजुली र राजन पराजुलीलाई प्रहरीले पक्राउ गरेको थियो । सुरजको साथबाट १० ग्राम आइस ड्रगसमेत बरामद भयो । तर, यसमा क्लब सञ्चालकको भने संलग्नता भेटिएन । त्यसवेला पक्राउ परेका राजन सैनिक जवान हुन् । उनी धरौटीमा छुटेका छन् ।

त्यसअघि पक्राउ परेका प्रकाश थापा, सोनाम घले तथा सोममाया तामाङमाथि अनुसन्धान गर्दा उनीहरूको सूचना प्रहरीले पाएको थियो । पक्राउ परेका सुरजले क्लबमा गएर लागुऔषध बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । नेपाल आउने कतिपय विदेशीहरू लागुऔषध सेवनकर्ता हुने गरेका छन् । त्यस्तै पर्यटकका लागि सानो परिणाममा लागुऔषध ठमेलका सडकमा खुलेआम कारोबार हुने गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ १0:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid