April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ?

सरकारले देखावटी एउटा र भित्र अर्को खालको व्यवहार गर्न मिल्दैन : ओली

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १२:0६
सरकारले देखावटी एउटा र भित्र अर्को खालको व्यवहार गर्न मिल्दैन : ओली
  • सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्न नहुने
  • पार्टीले आयोजना गरेको ‘राष्ट्रिय झन्डासँग सेल्फी’ कार्यक्रम
  • नक्सालस्थित नारायणचौरमा पार्टीले आयोजना गरेको ‘राष्ट्रिय झन्डासँग सेल्फी’ कार्यक्रम

काठमाडौं ।।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्न नहुने बताएका छन् । बुधबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा पार्टीले आयोजना गरेको ‘राष्ट्रिय झन्डासँग सेल्फी’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । सरकारले देखावटी रूपमा एउटा कुरा गर्ने र भित्र अर्को खालको व्यवहार देखाउन नहुनेमा उनले जोड दिए । उनले सही क्रियाकलाप अघि नबढाउनेलगायत कार्य सरकारले गर्न नहुने उल्लेख गरे।

संविधान दिवस नेपाली जनताको साझा दिवस भएको उनले बताए । उपलब्धिलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलाप देखिने गरेको भन्दै उनले त्यसप्रति दुःख व्यक्त गरे । विभिन्न आस्थाका नाममा गरिएका उच्छृंखल खालका क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा नरहेको उनले बताए । उनले संविधानको प्रभावकारी कार्यान्वनय गर्दै देशमा शान्ति सुव्यवस्था, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १२:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।