April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

नेपाल निजामती कर्मचारी संगठन,सुनसरी र नेपाल निजामती कर्मचारी युनियन,सुनसरीकाे संयुक्त विज्ञप्ती

  • साझा परिवेश
  • आइतवार, फाल्गुन ७, २०७९ १३:४४
नेपाल निजामती कर्मचारी संगठन,सुनसरी र नेपाल निजामती कर्मचारी युनियन,सुनसरीकाे संयुक्त विज्ञप्ती

इनरुवा । नेपाल निजामती कर्मचारी संगठन,सुनसरी र नेपाल निजामती कर्मचारी युनियन,सुनसरीकाे संयुक्त विज्ञप्ती निकालेकाे छ ।

नेपाल निजामती कर्मचारी संगठन,सुनसरी का अध्यक्ष चिनेश्वर मेहता र नेपाल निजामति कर्मचारी युनियन,सुनसरीका अध्यक्ष निखिल पाेखरेलले संयुक्त रुपमा उक्त विज्ञप्ती आइतबार निकालेकाे हाे ।

माघ २६ गते विहिवारका दिन इनरुवा अस्पतालमा विरामी कुरुवाले चिकित्सक सम्पर्क गर्न खोज्दा विरामी कुरुवा र चिकित्सक विच भएको सामान्य विवाद लाई अतिरन्जीत गरी भोक्राहा नरसिंह गाउँपालिकामा कार्यरत वडा सचिव शिव नारायण यादवलाई जिल्ला अस्पताल प्रशासनले हिरासतमा लिई कार्यवाही गर्न जिल्ला प्रहरी कार्यालयमा पठाएको पत्र प्रति आपत्ति प्रकट गर्दै उक्त विज्ञप्ती निकालेकाे नेपाल निजामती कर्मचारी युनियन सुनसरीका अध्यक्ष निखिल पाेखरेलले जानकारी दिनुभयाे ।

“राष्ट्रसेवक कर्मचारीहरु विच आपसमै बसेर समस्याको निकाश निकाल्ने प्रशस्त मार्गहरु हुंदा हुंदै अस्पताल प्रमुख डा. देवराज घिमिरेले दुवै पक्ष विच समझदारी गराई सके पश्चात साथै सवै पक्ष संग बसेर समस्याको समाधान निकाल्ने भनि छलफल भएको भोलि पल्टनै फेरी अस्पताल प्रमुखले नै राष्ट्रसेवक कर्मचारी शिवनारायण यादवलाई अपराधि जस्तो व्यवहार गरिनुले सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुको मनोवल घटने कुरामा दुई मत छैन, साथै अस्पतालका कर्मचारीहरुको पनि काम प्रतिको लगाव र उत्साह घट्न सक्ने कुरामा हामि चिन्तीत छौं ।” संयुक्त विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

उक्त विज्ञप्तिमा “सहकार्य र कर्मचारी एकताबाट नै हामिले जनताले चाहेको सेवा प्रवाह गर्न सक्छौ भन्ने कुरामा सचेत हुन अस्पताल प्रशासन लाई जानकारी गराउन चाहन्छौं । साथै आगामी दिनमा कर्मचारी सम्बन्धमा कुनै पनि समस्या समाधानका लागि जिल्लामा रहेका निजामती कर्मचारीहरुको क्रियाशिल ट्रेड युनियनहरु सँगको सहकार्य लाई निरन्तरता दिन हुन जिल्ला स्थित सम्पुर्ण कार्यालय प्रमुख ज्यूहरु सँग आग्रह गर्न चाहन्छौं ।”समेत उल्लेख गरिएकाे छ ।

अस्पतालमा उपचारका लागि ल्याएका बिरामिका कुरुवाले डक्टर नभेटेपछि ड्युटीमा भएकी नर्ससँग नम्बर लिएर फोन गरेका थिए । तर, चिकित्सक सम्पर्क नर्सले गर्ने हो भन्दै बिरामीका आफन्तलाई जवाफ फर्काए । त्यहीबाट, विवाद सुरु भएकाे थियाे ।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन ७, २०७९ १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट