May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

यो अवस्थामा इजरायल भ्रमणमा जान मिल्दैन : परराष्ट्रमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १२:१0
यो अवस्थामा इजरायल भ्रमणमा जान मिल्दैन : परराष्ट्रमन्त्री
  • व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह
  • मन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमण हुनसक्छ 
  • अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि परराष्ट्रमन्त्रीको आग्रह 

काठमाडौं ।।

परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक तत्काल व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् । द्वन्द्वग्रस्त इजरायल र त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा मंगलबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन् । मन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको बताए । अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि उनले आग्रह गरे । “अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,” उनले भने, “यो अवस्थालाई राजनीतिकरण नगरौँ ।”

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।