October 5, 2024 | शनिबार, अशोज १९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राष्ट्रपति निर्वाचनको आचार संहिता सार्वजनिक

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १६, २०७९ १३:३0
राष्ट्रपति निर्वाचनको आचार संहिता सार्वजनिक

काठमाडौं :

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता सार्वजनिक भएको छ। निर्वाचन आयोगले भोलिदेखि चैत्र ५ गतेसम्म लागू हुनेगरी आचार संहिता सार्वजनिक गरेको हो।

आचार संहिता २०७९ भदौ १३ गते नेपाल राजपत्र खण्ड–७२,संख्या ३२ मा प्रकाशन भइसकेको आयोगले जनाएको छ।

नेपाल सरकार र नेपाल सरकारका मन्त्री,प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,संघ,प्रदेश र स्थानीय तहका कर्मचारी,सुरक्षा निकाय,सुरक्षाकर्मी तथा कर्मचारी,सरकारी,अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधिलाई आचार संहिता लागू हुनेछ।

यस्तै, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान,सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातामा आचार संहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।

आज राष्ट्रपतिका लागि उम्मेदवारी दिएका उम्मेदवारले मनोनयन फिर्ता लिने र आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास चन्द्र नेम्बाङको उम्मेदवारी परेको छ।

फागुन २५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १६, २०७९ १३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्