April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔं’ भन्ने नारा हटाउन देउवाको निर्देशन

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १५:३५
‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔं’ भन्ने नारा हटाउन देउवाको निर्देशन
  • सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइयो 
  • ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य देउवाका लागि आपत्ति 
  • त्यो वाक्यले पार्टीमाथि प्रश्न उठ्न सक्ने सम्भावना देखेर हटाउन लगाइयो 

पोखरा ।।

सभापति शेरबहादुर देउवाको निर्देशनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइएको छ । सम्मेलनको ब्यानरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं’, र ‘इमान भएकाहरुलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेस चरित्र पुनःस्थापित गरौं’ मुख्य नारा लेखिएको थियो ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवा पोखरा आइपुगेपछि ब्यानरमा लेखिएको नाराका विषयमा प्रदेश सभापति शुक्रराज शर्मासँग रिसाएका थिए । कांग्रेस गण्डकीका एक पदाधिकारीकाअनुसार ब्यानरमा सभापतिको फोटो नभएकोप्रति पनि देउवाको आपत्ति थियो । त्योभन्दा पनि ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य किन राखेको भन्दै देउवाले आपत्ति जनाएको ती पदाधिकारीले जानकारी दिए ।

नाराका विषयमा देउवा र प्रदेश सभापति शर्माबीच भनाभन नै भएको थियो । कार्यक्रम सुरु भइसक्नुपर्ने बेलासम्म पनि देउवा र शर्माबीच नाराका विषयमा विवाद भएको थियो । देउवाको निर्देशनपछि कार्यक्रम सुरु हुनुभन्दा केही मिनेट अगाडि मात्र ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्यमा हरियो टेप टाँसेर कार्यक्रम सुरु भएको हो ।

‘व्यानरमा सभापतिकै फोटो नभएको र व्यानरमा लेखिएको नाराप्रति पनि देउवाजीको आपत्ति रह्यो । त्यो नाराले पार्टीमाथि झनै प्रश्न उठ्ने उहाँको भनाइ थियो’, सँगै रहेका ती व्यक्तिले भने । नेपाली कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले भने त्यो वाक्यांश अशुद्ध भएका कारण टेप टाँसिएको बताए । ‘ब्यानरका नारा गण्डकीले नै तयार पारेको हो । ब्यानरमा अशुद्ध लेखिएकाले हटाइएको भन्ने मैले जानकारी पाएको छु’ लामिछानेले भने, ‘यसबारे यथार्थ मैले नै पनि पत्ता लगाइसकेको छैन ।’

भर्खरै कांग्रेस नेता बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका बेला त्यो वाक्यले पार्टीमाथि प्रश्न उठ्न सक्ने देउवाको अनुमान हुनसक्ने नेताहरुको भनाइ छ । निर्वाचित भएको दुई वर्षपछि नेपाली कांग्रेस गण्डकीको प्रथम सम्मेलन भएको हो । पोखरा सभागृहमा आज र भोलि चल्ने सम्मेलनमा राजनीतिक, सांगठनिक, आर्थिक लगायतका प्रतिवेदनमाथि छलफल हुनेछ । नेपाली कांग्रेसको प्रथम सम्मेलनको ब्यानर सोमबार राति नै तयार गरिएको थियो । मंगलबारदेखि पोखरा सभागृहमा सुरु भएको व्यानरको नारा गण्डकी प्रदेश समितिले नै तयार गरेको हो ।

जनता दास र नेताहरु मालिक हुन् भन्ने व्यवहारले देखिइराखेको गण्डकी प्रदेश सभापति शर्माले कार्यक्रममा बताए । सत्तामा जहाँ गयो, त्यहीं विवादित, जुन ठाउँमा जित्यो, त्यहीं जनताको सेवक नेताले नमानेको उनको भनाइ थियो । ‘शेरबहादुर देउवा दाइ यहाँ हुनुहुन्छ, उहाँ हामी सबैको आदरणीय नेता हो तर जनताको दृष्टिमा उहाँ सबैभन्दा पहिलो सेवक हो’ उनले भने, ‘हामी कोही मालिक होइनौं, जनता हुन् ।’ देश संघीय संरचनामा गइसकेको भए पनि संघले कानुन नबनाइदिएर प्रदेश सरकारहरुले काम गर्न नसकिरहेको भन्दै शर्माले देउवाको ध्यानाकर्षण समेत गराए ।

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।