December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
महिलाहरु चुप लागेर बस्ने होइन,आवाजलाई बुलन्द बनाएर आउनुस् : उपसभामुख राना थाइल्यान्ड भन्दै म्यानमार पुर्याएपछि….. सांसद अमरेशको एनसेलविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा राखियो रातदिन सरकार कसरी ढाल्ने भन्ने चलखेल भइरहेको छ : प्रचण्ड आईपीओमा १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन सरकारमाथि नै ठुलो षड्यन्त्र हुँदैछ : प्रधानमन्त्री देउवाले कार्यसम्पादन समितिको बैठक तय गरे वैदेशिक रोजगार विभागद्वारा २५ करोड ठगी एनसेल प्रकरणसम्बन्धी छानबिन समितिले काम गर्दै भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किए धम्क्याउँदैमा सरकार पछि हट्दैन भन्दै गोविन्द केसीप्रति स्वास्थ्यमन्त्रीको कटाक्ष प्रदेश सरकारले खर्च घटाउनुपर्छ : प्रमुख सचेतक भण्डारी मेलम्चीको पानी काठमाडौंमा झारेकै एमालेको सरकारले हो : ओली उदयपुरमा आगलागीले अढाई करोड बराबरको क्षति पुर्यायो १ घण्टामै २ अर्बभन्दा बढी सेयरमा लगानी घट्यो सुनचाँदीको मूल्य सुन्तला कसरी टिप्ने भन्ने चिन्तामा म्याग्दीबासि इजरायली उच्च अधिकारीहरूले विपीनको खोजी गर्ने गौतमको राजीनामा लगत्तै पाण्डेयको नाम सिफारिस गौतमले संसद्को महासचिवबाट दिए राजीनामा

गृह मन्त्रालयमा कांग्रेस र माओवादी दुवैको दाबी

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ 0८:४५
गृह मन्त्रालयमा कांग्रेस र माओवादी दुवैको दाबी

राष्ट्रपति निर्वाचन लगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्न सकस परेको छ। पार्टीभित्र गृहमन्त्रालय आफैंसँग राख्न दबाव खेपिरहेका प्रचण्डमाथि गृहमन्त्रालय कांग्रेसलाई दिन चर्को दबाव छ।

कांग्रेसबाट गृहमन्त्रालयमा दुई जनाको दाबी छ। उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित गृहमन्त्रालय पाए सरकारमा पार्टीको नेतृत्व गरेर जान चाहन्छन्। वर्तमान गठबन्धन निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका खड्काले रोजेको मन्त्रालय दिन सभापति शेरबहादुर देउवा पनि सकारात्मक छन्।

तर गृहमन्त्रालय प्रधानमन्त्रीको दलले राख्ने कि कांग्रेसलाई दिने भन्ने विषयमा प्रधानमन्त्री निर्णयमा पुग्न सकेका छैनन्। कांग्रेसभित्र गृहमन्त्रालयको दाबी पार्टी प्रवक्ता डा. प्रकाशशरण मतहले गरिरहेका छन्। महतले आफूलाई गृहमन्त्री बनाउन समापतिसँग लविङ गरिरहेका छन्। महतप्रति देउवा पनि नकारात्मक छैनन्।

कांग्रेसका एक पदाधिकारीका अनुसार कांग्रेस-माओवादीभित्र गृहमन्त्रालय कसले लिने भन्ने विषयमा सामान्य छलफल भएको छ। दुवै दलले गृहमन्त्रालयमा दाबी गरेका छन्।

‘अहिले गृहमन्त्रालय कसले लिने भन्ने विषयमा प्रारम्भिक छलफल मात्रै भएको छ,’ ती पदाधिकारीले डिसी नेपालसँग भने, ‘गृहमन्त्रालय पार्टीले पाउने अवस्था आए उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महत मध्ये एक जना गृहमन्त्री बन्नुहुन्छ। पूर्ण दाइले रुची देखाउनु भयो भने उहाँनै पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी हुने संभावना छ।’

स्रोतका अनुसार कांग्रेस,माओवादीबीच गृह र अर्थमन्त्रालय दुई दलले लिने सहमति भइसकेको छ। तर कुन मन्त्रालय कुन दलले लिने भन्ने निर्णय हुन बाँकी छ। कांग्रेसले गृह पाए, माओवादीले अर्थ र कांग्रेसले अर्थ पाए माओवादीले गृह पाउने सहमति भएको छ।

परराष्ट्र मन्त्रालय भने कांग्रेसले लिने सहमति भइसकेको स्रोतको दाबी छ। परराष्ट्र मन्त्री आरजू देउवालाई बनाउने तयारी भएको स्रोतले बतायो। सभापति शेरबहादुर देउवाले आरजूलाई बनाउन रुची नदेखाएको तर आरजूले आफूलाई बनाउन दबाव दिएको स्रोतको दाबी छ।

उता माओवादीभित्र गृहमन्त्रालय आफैंसँग राख्नु पर्ने मत बलियो छ। माओवादीले गृहमन्त्रालय पाए शक्ति बस्नेत गृहमन्त्री बन्ने संभावना रहेको माओवादी निकट स्रोतले जनाएको छ। यसअघि ०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा नौ महिना गृहमन्त्रालयको नेतृत्व गरेका बस्नेतप्रति प्रचण्ड सकारात्मक रहेको बताइएको छ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ 0८:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।