May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

बालिकालाई सामुहिक बलात्कार गर्ने ४ जना पक्राउ

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १५:३६
बालिकालाई सामुहिक बलात्कार गर्ने ४ जना पक्राउ
  • बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ
  • एकै रातमा फरक समयमा फरक फरक व्यक्तिबाट बलात्कृत

सुर्खेत ।।

पश्चिम सुर्खेतकी एक १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सोही क्षेत्रका युवा रहेको र उनीहरु मध्य तीन जना नाबालक रहेको प्रहरीले जनाएको छ । एक जना महेन्द्र सार्की मात्रै १८ वर्ष पुगेका छन्, उनीमाथि बलात्कार प्रयासको आरोप छ । ३ जना नाबालकमाथि भने बलात्कारको आरोप छ। प्रहरीले अनुसन्धान प्रयोजनका लागि ती बालिकाको नाम ‘वीरेन्द्रनगर-२८’ राखेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले ती बालिका एकै रातमा फरक समयमा फरक फरक व्यक्तिबाट बलात्कृत भएको अनुसन्धानबाट खुलेको बताए ।

ती बालिका असोज ४ गते बेलुका छिमेकीको घरमा चलेको नाचगान हेर्न गएकी थिइन् । साँझ ९ बजेतिर पिसाब लागेपछि उनि नजिकैको सडकमा आइन् । प्रहरीका अनुसार बाटोमा सोही ठाउँका १८ वर्षीय महेन्द्र सार्कीले उनको मुख छोप्दै जवरजस्ती करणी गर्न खोजे । त्यसोे गर्दा उनी कराइन । महेन्द्रले विभिन्न प्रलोभन देखाउँदै उनलाई फकाउन खोजे । उनी त्यहाँबाट भोगेर फेरि नाचगान चलेको ठाउँमा गइन् ।

राती ११ बजिसकेको थियो । नाचगान सकिएर सबै आ-आफनो घरतिर लागे । ती बालिकाले चिनेको गाउँकै एक १६ वर्षिया युवाले ‘बहिनी हिड् तिमीलाई घर पुर्याईदिन्छु ’ भन्दै बोलाए । चिनेको दाइले बोलाएपछि ती बालिकाले विश्वास गरिन । ती गाउँका दाईसँग उनका एक १५ वर्षीया साथी पनि थिए ।

घरजाने क्रममा मध्यबाटो पुगेपछि ती गाउँको दाइले त्यहाँ नजिकै आफनो साथीको घर भएको त्यतै सुत्न आग्रह गरे । ‘बालिकाले मानिनछिन्, त्यसपछि उनको मुख छोपेर हातखुट्टा समात्दै साथीको घरमा लगेछन्’, बालिकाको बयान उद्धृत गर्दै डीएसपी शाहीले  भने, ‘…अनि सामुहिक बलात्कार गरेर ती बालिकालाई त्यही छोडेर पसल जान भन्दै निक्लिएछन् ।’

केही समय बालिका अचेत भइन् । होस खुलेपछि उनी नजिकै छिमेकीको गाई गोठको माथिल्लो तलामा गइन् । ‘त्यो महिनावारी भएकाबेला सुत्ने छाउ गोठ रहेछ । ती बालिका त्यही सुतिछन् । त्यसको एक घण्टापछि उनी पुनः बलात्कृत भइछन्’ डीएसपी शाहीले भने ।

गोठमा सुतेको एक घण्टापछि उनलाई उठाउन चिनेजानेकै १५ वर्षीय अर्का किशोर आए । उनले ‘तिम्रो घरकाले खोजिरहेका छन् । छिटो आउ अरे । नभए यतै आएर पिट्ने भनेका छन’ भन्दै बोलाए । उनलाई फेरि बलात्कार गर्ने योजनाका साथ बोलाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनी बाहिर निस्कँदा नजिकै अर्का १६ वर्षीय किशोर बसेका रहेछन् । उनको जिम्मा लगाएर बोलाउन गएका किशोर गए । रातिको २ बजे ती १६ वर्षीया किशोरले पनि गोठमा लगेर बलात्कार गरेका प्रहरीको दाबी । यसरी केही घण्टाको फरकमा फरक-फरक व्यक्ति र स्थानमा एकै रात तीन जनाबाट बलात्कृत र एक जनाबाट बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । बिहान पख ११ बजे मात्रै उनी घर पुगिन् र सबैकुरा परिवारलाई भनिन् ।

परिवारले दिउँसो २ बजे प्रहरीलाई खबर गरेपछि ती युवकहरुलाई पक्राउ गरिएको डीएसपी शाहीले बताए । प्रहरीका अनुसार पक्राउ परेका ती यूवाहरु सबैले एकअर्कालाई नचिन्ने बयान दिएका छन् । ‘फरक-फरक ठाउँमा तीन जनाले बलात्कार गरेको, एक जनाले बलात्कार प्रयास गरेको आरोपीहरूले स्वीकारेका छन्,’ डीएसपी शाहीले भने । ती बालिका शारीरिक र मानसिक रूपमा बिछिप्त भएको र उनको उपचार भै रहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १५:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।