April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट

संसदीय सुनुवाइ अनिवार्य हुनुपर्ने

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १३:२६
संसदीय सुनुवाइ अनिवार्य हुनुपर्ने

काठमाडौं । संघीय सांसदहरुले संवैधानिक नियुक्तिपूर्व संसदीय सुनुवाइ अनिवार्य गरिनुपर्ने बताएका छन् । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीको प्रतिवेदनमाथिको छलफलमा भाग लिंदै संघीय सांसदहरुले संवैधानिक नियुक्तिका लागि संसदीय सुनुवाइ नभए पनि हुन सक्ने अवस्था रहन दिन नहुने बताएका छन् ।

संवैधानिक परिषद्को बैठकबाट नियुक्ति सिफारिस भएर संसदीय सुनुवाइ समितिमा प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ हुन नसके स्वतः नियुक्तिका लागि वाधा नपर्ने कानुनी व्यवस्था छ । यसका अलावा विगतमा प्रतिनिधि सभा विघटन गरेर संसदीय सुनुवाइ समिति नै नरहने अवस्था सिर्जना गरेर संवैधानिक नियुक्ति दिलाउने कार्य भएको बताउँछन् नेपाली कांग्रेसका सांसद प्रकाश पन्थ ।

‘संसदीय सुनुवाइ समिति नरहँदा पनि संवैधानिक आयोगका आयुक्तहको नियुक्तिहरू हेरेको हो । ती आयोगहरुमाथि अहिले क्षमतामा प्रश्न उठेको छ । राष्ट्रिय मानव अधिकार आयोगको स्तर खस्केको छ,’ सांसद पन्थ भन्छन्, ‘क्षमतामाथि पश्न उठ्नुका पछाडि संसदीय सुनुवाइ हुन नसक्नु वा नगराउनु हो ।’

राष्ट्रपतिबाट मनोनीत सांसद विमला राई पौड्याल पनि संसदीय सुनुवाइविना संवैधानिक नियुक्ति हुन नसक्ने भनी प्रष्ट लेखिनुपर्ने बताउँछिन् । बरु प्रतिनिधि सभा नरहेको अवस्थामा कसरी संसदीय सुनुवाइ हुन सक्छ भनेर विकल्प खोज्न सकिने उनको राय छ ।

‘संसदीय सुनुवाइ संवैधानिक नियुक्त हुन सक्दैन् भन्ने प्रष्ट लेखौं’ उनको प्रस्ताव छ, ‘बरु प्रतिनिधि सभा नरहेको अवस्थामा राष्ट्रिय सभाका मात्रै १५ जना सदस्य रहने सुनुवाइ समिति रहने व्यवस्था गरौं ।’

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १३:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।