May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेहा चौधरीको दाइजो प्रकरणमा संलग्न थप एक जना पक्राउ

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २९, २०७९ ११:३१
नेहा चौधरीको दाइजो प्रकरणमा संलग्न थप एक जना पक्राउ

महोत्तरी ।

महोत्तरी प्रहरीले नेहा चौधरीको दाइजो प्रकरणमा संलग्न थप एक जनालाई पक्राउ गरेको छ। लामो समयदेखि फरार रहँदै आएको सोही मुद्दाका एक प्रतिबादीलाई महोत्तरी प्रहरीले नेपाल भारत सीमाक्षेत्रबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रामगोपालपुर न.पा.वडा न ४ घर भएका ६० वर्षीय राम प्रवेश चौधरीलाई प्रहरीले पक्राउ गरी दाइजो सम्बन्धी कसुरको लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ। पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला अदालत महोत्तरीमा पठाएको महोत्तरी प्रहरीले जनाएको छ।

आइतबार दिउँसोको मनरा सिस्वा नगरपालिका वडा नं. २ कट्टी गाउँस्थित दशगजा क्षेत्रबाट प्रतिवादी चौधरीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घटना भएयता चौधरी त्यसक्षेत्रमा लुकिछिपी बस्दै आएको गोप्य सुचनाको आधारमा खोजविन गर्दा प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।
यस्तो छ घटना

महोत्तरी औरही माइती भएकी नेहा चौधरीको २०७८ साल फागुन २५ गतेका समाजिक परम्पराअनुसार रामगोपालपुर नगरपालिका ५ घर भएका डा. पंकज चौधरीसँग विवाह भएको थियो। ५१ लाख नगद, २० तोला सुन, ३० तोला चाँदी, टिभी, फ्रिज , वासिंग मेसिन लगायतका अन्य विलासी सरसमानहरु दाइजोस्वरुप विवाहको समयमा दिएको नेहाका बुवा सुरेश चौधरीले बताए। विवाह भएपश्चात थप दाइजोको माग गर्दै नवविवाहिता नेहासँग ससुरालीपक्षले बारम्बार मानसिक तथा शारिरीक रुपमा तनाव दिंदै आएका बताइएको छ।

प्रतिवादी लगायत ससुरालीपक्षका व्यक्तिहरुले बिवाह भएपश्चात माइतीबाट थप दाइजो ल्याउनका लागि आफूलाई शारीरिक तथा मानसिक रुपमा यातना दिंदै आएको नेहाले अदालतमा दायर गरेको रिटमा उल्लेख छ।

गत असोज २० गतेका दिन नेहालाई ससुरालीपक्षले कुटपिट गरेपछि सो रहस्य माइतीपक्षले थाहा पाएका थिए। त्यसपश्चात माइतीपक्षले नेहाका ससुरालीपक्षसँग छलफल गरेता पनि चित्तबुझ्दो निष्कर्ष ननिस्केपछि नेहाले कानुनी लडाइ लड्ने निधो गरेकी थिइन्। नगरपालिकाको न्यायिक समिति हुँदै महिलाअधिकारकर्मीको पहलले निसाफ नपाएपछि अन्ततः नेहाले न्यायको लागि अदालतको ढोका ढकढक्काउन पुगेकी हुन्। श्रीमान् लगायत प्रतिवादी बनाएर नेहाले प्रहरीमा दिएको जाहेरीको आधारमा प्रहरीले उनका श्रीमान् पंकज चौधरीलाई तत्कालै पक्राउ गरि कानुनअनुसारको कारवाही प्रक्रिया अगाडि बढाइएको थियो।

यता महोत्तरी जिल्ला अदालतको पुष २२ गतेको चलानी नम्बर ७५४९ को पत्रको आदेशअनुसार प्रतिबादी पंकज चौधरी पुर्पक्षको लागि हाल जिल्ला कारागार जलेश्वरमा रहेका छन्।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २९, २०७९ ११:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट