April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

चैत्र १० गतेदेखि भृकुटीमण्डपमा तेस्रो फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ ११:२३
चैत्र १० गतेदेखि भृकुटीमण्डपमा तेस्रो फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौं 

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले तेस्रो नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ। प्रदर्शनी चैत्र १०,११ र १२ गते भृकुटीमण्डपमा हुनेछ। प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने जनाइएको छ।
नेपाल फाइभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्सँग सरोकार राख्ने व्यापार व्यवसायहरूलाई एकै ठाँउ ल्याएर व्यापार साझेदारी,नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग –व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी हो ।

उक्त प्रर्दशनीमा देश भरीबाट बढीभन्दा बढी उद्यमी,अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास लिइएको छ ।

उक्त प्रदर्शनीमार्फत ५ विधामा सञ्चाल भएका उद्योग र व्यापार व्यवसायलाई निर्यातका नयाँ अवसरहरू, नविनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरूबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएको छ।

यस अन्तरास्ट्रिय प्रदर्शनीमा सह–आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् । यस प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादक, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाको सहभागिता रहने आयोजकले जनाएको छ।

सप्लायर्स र उत्पादकहरुको साझा मञ्च मात्र नभएर नेपाल फाइभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पु¥याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासलाई भित्राउने एक्स्पोका आयोजकले दावी गरेका छन्।

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट