July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापाका तीन क्याम्पसमा तालाबन्दी, स्ववियु निर्वाचन अन्योल

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ १९:५९
झापाका तीन क्याम्पसमा तालाबन्दी, स्ववियु निर्वाचन अन्योल

झापा । झापाका १३ वटा क्याम्पसमध्ये तीन वटा क्याम्पसमा स्ववियु निर्वाचन अन्योलमा परेको छ । विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेपछि चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन अन्योलमा परेको हो । विद्यार्थीहरूले काँकडभिट्टा बहुमुखी क्याम्पस, गौरादह बहुमुखी क्याम्पस र गरामनि क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

काँकडभिट्टा बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएपछि स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको छ । त्रिविको निर्वाचनसम्बन्धी आचारसंहिता अनुसार आचारसंहिता लागु भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ। तर काँकडभिट्टा क्याम्पसले आचारसंहिता विपरीत जबरजस्ती भर्ना कार्यक्रम गरेकाले विवाद उत्पन्न भएको विद्यार्थी सङ्गठनहरूले दाबी गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन ९अनेरास्ववियु० ले आचारसंहिता लागु भएपछि क्याम्पसले विद्यार्थी भर्ना गरेकोमा विरोध गरेपछि क्याम्पस प्रशासनले अर्को सूचना प्रकाशन नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ । सर्वदलीय बैठक बोलाएर निर्वाचन गराउने सहमति भए पनि विद्यार्थी सङ्गठनहरूले ताला नखोल्दा निर्वाचनको वातावरण बन्न नसकेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाले बताए । समस्या हल गरी निर्वाचन गराउने सम्बन्धमा मङ्गलवार सर्वदलीय बैठक डाकिएको थियो ।

त्यस्तै गौरादह बहुमुखी क्याम्पसको प्रशासन कक्षमा तीन विद्यार्थी सङ्गठनहरूले ताला लगाएका छन् । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर क्याम्पस प्रशासनले फर्जी विद्यार्थीहरू भर्ना गरेको भन्दै तीन विद्यार्थी सङ्गठनहरूले क्याम्पस प्रशासनमा शुक्रबार ताला लगाएका हुन् ।

नेपाल विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका हुन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिइसकेको र अन्य दुई वटा विद्यार्थी सङ्गठनले पनि तालाबन्दी खोलिदिएर पठनपाठन सुचारु गरिएको क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले बताए । उनले तालाबन्दीका कारण अहिलेसम्म निर्वाचनका कुनै पनि कार्यक्रम सुरु नगरिएको जानकारी दिए ।

त्यस्तै गरामनि क्याम्पसमा पनि नेपाल विद्यार्थी सङ्घ र राप्रविसंघले तालाबन्दी गरेका छन् । अनेरास्ववियुका विद्यार्थीहरू स्ववियुमा निर्विरोध निर्वाचित भएपछि त्यसप्रति असहमति जनाउँदै ती दुई सङ्गठनले तालाबन्दी गरेको क्याम्पस प्रमुख नवीन रायले बताए । ताला खुलाउने विषयमा पहल भइरहेको उनले जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ १९:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट