July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

आइटिएफ तेक्वान्दोको उपाधि झापालाई

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० १४:३६
आइटिएफ तेक्वान्दोको उपाधि झापालाई

विराटनगर । पाचौँ कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो ।

बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाटले मोरङको बेलबारीमा सम्पन्न गरेको प्रतियोगितामा ११ वटा जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको हो ।

३ स्वर्ण, ३ कास्य र ७ रजत पदक जितेर मोरङ द्वितीय भएको छ । यस्तै, सुनसरी ३ स्वर्ण, ३ कास्य र ५ रजत पदक जितेर तृतीय भएको छ ।

प्रतियोगिता अन्र्तगत महिला ४०–४५ तौल समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, आयोजक बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटकी बिलिसा माझी द्वितीय, तृतीय मोरङकी प्रिया माझी र पाँचथरकी चरितमा राई भइन् ।

यसैगरी, ४६–५० तौल समूहको प्रथम सुनसरीकी एलिका बिक, द्वितीय झापाकी नम्रता सिगु, तृतीय मोरङकी अनुस्का धिमाल र पाँचथरकी एलिसा सेलिङ्ग भइन् ।

५१–५५ तौल समूहको प्रथम सुनसरीकी बिट्नी राई, द्वितीय मोरङकी प्रिया राय र झापाकी रेसिका बराल भइन् ।

यस्तै, ५६–६० तौल समूहको प्रथम भोजपुरकी सजिना तामाङ्ग, द्वितीय सुनसरीकी एलिजा राई, आयोजक दिक्षा लिम्बु र पायल मगर तृतीय भइन् ।

६१–६५ तौल समूहको प्रथम झापाकी सेहना लिम्बु, द्वितीय आयोजक दिक्षा खड्का, तृतीय मोरङकी मनिषा भूर्तेल र इलामकी नैना खातुन भइन् ।

यस्तै, ६६ प्लस तौल समूहको प्रथम आयोजक एलिजा राजवंशी, द्वितीय झापाकी सुष्मा आक्षमी भइन् ।
पुरुषको ४५–५० तौल समूहको प्रथम मोरङका प्रकाश शर्मा, द्वितीय झापाको सौरव श्रेष्ठ, तृतीय पाँचथरको मनिष राई र भोजपुरको दिपक राई भए । यस्तै ५१–५५ तौल समूहको प्रथम पाचथरको आलोक राई, द्वितीय सुनसरीको पियूष श्रेष्ठ, तृतीय झापाका सनम चौधरी र मोरङका आरकेस चौधरी भए ।

यसैगरी, ५६–६० तौल समूहको प्रथम झापाका प्रितम धिमाल, द्वितीय इलामका दिपप्रसन राई, तृतीय मोरङका कमल थापा र पाँचथरका सिमन सेलिङ्ग भए । यस्तै ६१–६५ केजी तौल समूहका प्रथम मोरङका लक्ष्मण राजवंशी, द्वितीय झापाका मनिष श्रेष्ठ, तृतीय आयोजक सोनुदेव पौदार र सुनसरीका आशिष मगर भए ।

६६–७० तौल समूहको प्रथम मोरङका प्रथम कार्की, द्धितीय भोजपुरका सुन्दर गुरुङ्ग, तृतीय पाँचथरका सक्षम बराइली र सुनसरीका सुरज बराइली भए । यस्तै ७१ प्लस तौल समूहको प्रथम झापका अनोमल लिम्बु, द्वितीय आयोजक विकास ठाकुर, तृतीय मोरङका निशान्त भूजेल र धनकुटाका युनिक राई भए ।

दुई दिनसम्म भएको प्रतियोगितामा ११ जिल्लाका १६३ जना खेलाडीहरुको सहभागि भएको कार्यक्रम संयोजक धर्मेन्द्र लिम्बुले जानकारी दिए ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद मानबहादुर लिम्बुले बेलबारीमा खेलाडीहरुको अभ्यासको लागि कवड हल निर्माण गरी खेलकुद क्षेत्रको विकासका लागि पहल गर्ने बताए ।

नेपाल इन्टरनेश्नल तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले राज्यले खेलकुद क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । ‘अहिले पनि राज्यले खेलकुद क्षेत्रमा प्रयायाप्त मात्रमा बजेट बिनायोजन नगरेको कारणले खेल क्षेत्र खच्किएको छ,’ उनले भने, ‘यस क्षेत्रको विकासको लागि तीन तहको सरकारले विशेष प्राथामिकतामा राख्नुपर्दछ । अनि मात्र खेलकुद क्षेत्रको विकास हुनेछ ।’

नेपाल खेलकुद महासंघका विराटनगर महानगरपालिका इन्चार्ज मनोजविक्रम शाहले आइटिएफ तेक्वान्दो खेललाई विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल आइटिएफका केन्द्रीय उपाध्यक्ष चर्तुलाल चौधरी, केन्द्रीय सदस्य तथा कोशी प्रदेशका संयोजक राजेन्द्र धिमाल, केन्द्रीय सदस्य विराटनगर ४ का वडाअध्यक्ष जितेन थापा, केन्द्रीय सदस्य नवीन तामाङ्ग र प्रदेश सदस्य प्रल्हाद राउत लगायत सहभागी थिए ।

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्