May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

मन्टेश्वरीमा बालक मृत्यु प्रकरण : प्रिन्सिपल गुरुङ पुर्पक्षका लागि थुनामा, दुई जना धरौटीमा छुटे

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० ११:२७
मन्टेश्वरीमा बालक मृत्यु प्रकरण : प्रिन्सिपल गुरुङ पुर्पक्षका लागि थुनामा, दुई जना धरौटीमा छुटे

मेचीनगरको धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयमा डुबेर मृत्यु भएका बालक घटनामा पक्राउ परेका प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । अन्य दुई जना आरोपीलाई धरौटी छाडने झापा जिल्ला अदालतले आदेश दिएको छ । अदालतमा आइतबार भएको थुनछेक बहसपछि प्रिन्सिपल गुरुङलाई थुनामा राख्ने आदेश दिएको जनाइएको छ ।

घटनाका आरोपीहरू रुपमा स्कुलकी व्यवस्थापक मेचीनगर–१० निवासी २४ वर्षीया अनिशा पोखरेल र सुसारे कर्मचारी मेचीनगर–११ निवासी ३५ वर्षीया रमा सुनार धरौटी छुटेका छन् । अदालतले पोखरेललाई २ लाख र सुनारलाई ५० हजार धरौटीमा रिहा गरेको हो । किन्डर गार्टेनका सञ्चालक काठमाडौँ–३१ निवासी ४२ वर्षीय सुरेन रसाइली भने अझै फरार छन् ।

अदालतमा थुनछेकको बहसमा वादीका तर्फबाट अधिवक्ता सुरज खत्री, शान्ता पाठक र सरकारी वकिलले बहस गरेका थिए । त्यस्तै प्रतिवादीका तर्फबाट अधिवक्ता अशोककुमार पोखरेलले बहस गरेका थिए ।

गत असार २५ गते किन्डर गार्टेनको सेप्टिक ट्याङ्कीमा डुबेर आठ वर्षीय बालक तान्छोपहाङ लिम्बुको मृत्यु भएको थियो । उनका बुवा खर्कबहादुर सुब्बाले छोरा तान्छोपको मृत्यु शङ्कास्पद भएको भन्दै प्रहरीमा जाहेरी परेपछि प्रिन्सिपल गुरुङसहित तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० ११:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट