sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मन्टेश्वरीमा बालक मृत्यु प्रकरण : प्रिन्सिपल गुरुङ पुर्पक्षका लागि थुनामा, दुई जना धरौटीमा छुटे

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० ११:२७
मन्टेश्वरीमा बालक मृत्यु प्रकरण : प्रिन्सिपल गुरुङ पुर्पक्षका लागि थुनामा, दुई जना धरौटीमा छुटे

मेचीनगरको धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयमा डुबेर मृत्यु भएका बालक घटनामा पक्राउ परेका प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । अन्य दुई जना आरोपीलाई धरौटी छाडने झापा जिल्ला अदालतले आदेश दिएको छ । अदालतमा आइतबार भएको थुनछेक बहसपछि प्रिन्सिपल गुरुङलाई थुनामा राख्ने आदेश दिएको जनाइएको छ ।

घटनाका आरोपीहरू रुपमा स्कुलकी व्यवस्थापक मेचीनगर–१० निवासी २४ वर्षीया अनिशा पोखरेल र सुसारे कर्मचारी मेचीनगर–११ निवासी ३५ वर्षीया रमा सुनार धरौटी छुटेका छन् । अदालतले पोखरेललाई २ लाख र सुनारलाई ५० हजार धरौटीमा रिहा गरेको हो । किन्डर गार्टेनका सञ्चालक काठमाडौँ–३१ निवासी ४२ वर्षीय सुरेन रसाइली भने अझै फरार छन् ।

अदालतमा थुनछेकको बहसमा वादीका तर्फबाट अधिवक्ता सुरज खत्री, शान्ता पाठक र सरकारी वकिलले बहस गरेका थिए । त्यस्तै प्रतिवादीका तर्फबाट अधिवक्ता अशोककुमार पोखरेलले बहस गरेका थिए ।

गत असार २५ गते किन्डर गार्टेनको सेप्टिक ट्याङ्कीमा डुबेर आठ वर्षीय बालक तान्छोपहाङ लिम्बुको मृत्यु भएको थियो । उनका बुवा खर्कबहादुर सुब्बाले छोरा तान्छोपको मृत्यु शङ्कास्पद भएको भन्दै प्रहरीमा जाहेरी परेपछि प्रिन्सिपल गुरुङसहित तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० ११:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid