sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रवि लामिछानेको राहदानी प्रकरणमा युवराज सफल सर्वोच्च जाने

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ ११:१९
रवि लामिछानेको राहदानी प्रकरणमा युवराज सफल सर्वोच्च जाने

मंगलबार बिहान विज्ञप्ति जारी गरी उनले राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएको भन्दै सर्वोच्च अदालत जाने बताएका हुन्।

रास्वपा सभापति लामिछानेले अमेरिकी नागरिक कामय हुँदा नै नेपाली राहदानी बनाइ दुरुपयाेग गरेकाे प्रमामण हुँदाहुँदै सत्ताको आडमा उनलाई उन्मुक्ति दिएकाेमा सफलले आपत्ति जनाएका छन्।

‘अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता र शक्तिको आडमा निज लामिछानेलाई सो प्रकरणबाट उन्मुक्ति दिनु घोर कानुनको उल्लंघन हो भन्ने मेरो ठम्याइ रहेको छ’,उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

युवराज सफलले लामिछानेलाई जोगाउन जिल्ला प्रहरी परिसर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीहरूले अख्तियार दुरुपयोग गरेको आरोपसमेत लगाएका छन्।

यो मुद्दामा जोडिएका पदाधिकारी र कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार नै उजुरी दिएको पनि सफलले उल्लेख गरेका छन्।

हेर्नूहाेस् युवराज सफलकाे प्रेस विज्ञप्ति:

मिति २०७९।१२।०६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन राहदानी दुरुपयोग सम्बन्धी मुद्धा झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अवैधानिक सभापति (अमेरिकी नागरिकता त्यागेको एंव नेपाली नागरिकता प्राप्त गरेको तीन महिना व्यतित नभएको) रवि लामिछानेले पासपोर्ट दुरुपयोग मुद्धामा सफाई पाएको घटनाप्रति सो मुद्धाका जाहेरी कर्ताको तर्फबाट म युवराज पौडेल सफल घोर आपत्ति एंव भत्सर्ना गर्दछु । अमेरिकी नागरिक कायम हँुदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हँुदाहुँदै सत्ता र शक्तिको आडमा निज लामिछानेलाई सो प्रकरणबाट उन्मुक्ति दिनु घोर कानुनको उलंघन हो भन्ने मेरो ठम्याई रहेको छ ।

यस प्रकरणमा जोडिएका जिल्ला प्रहरी परिसर ,जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीहरुले अख्तियार दुरुपयोग गरी आरोपितलाई उन्मुक्ति दिएको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै हिजोकै मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता गरिसकिएको पनि यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गराउन चाहन्छु।

सत्ता जोगाउनकै लागि सरकारवादी मुद्धाबाट सफाई दिने भनी महान्यायधिवक्तको कार्यालयले निर्णय गरेकोले सो निर्णयको विरुद्ध यथाशिघ्र सम्मानित सर्वोच्च अदालतमा रिट दर्ता गरी कानुनी उपचार खोज्ने साथै आरोपितलाई सफाई दिने निर्णयमा संलग्न सबै निकायका जिम्मेवार व्यक्तिहरुलाई हदैसम्मको कारबाही समेत गराउन प्रतिबद्ध रहने पनि यसै प्रेस विज्ञप्तिमार्फत् अवगत गराउँदछु ।

युवराज सफल
रवि लामिछाने पासपोर्ट प्रकरणको जाहेरी कर्ता

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid