April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

‘जोवन ढलढल’ भिडियो सार्वजनिक

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १७:0६
‘जोवन ढलढल’ भिडियो सार्वजनिक
  • तीज गीतको भिडियो सार्वजनिक हुने क्रम जारी 
  • समीक्षा अधिकारीको स्वर रहेको गीत ‘जोवन ढलढल’ सार्वजनिक

हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ। यसै क्रममा गायक सन्दीप न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘जोवन ढलढल’ सार्वजनिक भएको छ ।

नयाँ नेपाली तीज गीतमा नेत्र अर्यालको शब्द, श्रीधर अधिकारीको संगीत, केशव बडुको एरेन्ज तथा कुमार रानाको मिक्सिङ र मास्टरिङ छ । जेरी भण्डारीको कोरियोग्रफी तथा निर्देशन रहेको भिडियोमा सन्दीप न्यौपाने, उषा उप्रेती, सुस्मिता कोइराला र शिबु खनाल फिचर्ड छन् । डान्सिङ नम्बरको गीतमा कलाकारहरु निकै झुमेका छन् ।

भिडियोमा अमर रावलको सहायक कोरियोग्राफी, राजेश घिमिरेको छायांकन, मनोज कार्कीको सम्पादन र कलर, सीता मगरको मेकअप छ । गीतको भिडियो गायक न्यौपानेको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक सन्दीपको यसअघि ‘लालुमै’, ‘सान्नानी’, ‘दिलमाया’ लगायतका गीत चलेका गीतमा पर्छन् । गायक न्यौपानेले केही समय अघि नयाँ गीत ‘पान पाते ओठ’ सार्वजनिक गरेका थिए ।

गीत सार्वजनिक भएसँगै गायक न्यौपानेले महिलाहरूको महान चार्ड तीजको सांस्कृतिक धर्म निर्वाह गर्नका लागि पनि आफूले यसरी गीत हरेक तीजमा ल्याउने गरेको बताए । ‘जोवन ढलढल’ले तीजको समयमा नाच्ने माहोल बन्ने न्यौपानेले बताए।

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १७:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।