सुनसरी । सुनसरीमा जारी १३ औ संस्करणको इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज बिभागीय टिम त्रिभुवन आर्मी र झापाको रोलिंग क्लब बिच खेल हुदैछ ।
खेल दिउसो ३ बजे इटहरी रंगशालामा सुरु हुनेछ । आजको बिजेताले बिहिबार चर्च ब्वाइज युनाइटेड क्लबसंग सेमिफाइनलमा खेल्नेछ । चर्च ब्वाइज यसअघि आयोजक राष्टिय जागृती क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ ।
यसअघि हिजो भएको खेलमा मछिन्द्र क्लबले कञ्चनजंगा फुटबल क्लब भारतलाई पराजीत गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । शनिबार हुने फाइनल खेल बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पाउनेछ ।