May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

अमेरिका जाने विद्यार्थीमा नेपाल ११ औं ठूलो देश

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १९:१६
अमेरिका जाने विद्यार्थीमा नेपाल ११ औं ठूलो देश

काठमाडौं- अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको छ। इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र यूएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्सले हालै सार्वजनिक गरिएको ‘ओपन डोर्स रिपोर्ट २०२३’ मा अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको देखाइएको हो।

रिपोर्टका अनुसार शैक्षिकसत्र सन् २०२२/२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या १५ हजार ९० छ। अघिल्लो शैक्षिकसत्रको तुलनामा २०२२/२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या २७.९ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो शैक्षिकसत्र सन् २०२१/२२ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ११ हजार ७९९ रहेको थियो। उक्त वर्ष अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा १२औँ ठूलो संख्या नेपालीको थियो।

रिपोर्टअनुसार अमेरिकामा अध्ययनरत कुल अन्तर्राष्ट्रिय विद्यार्थीमा नेपालीको हिस्सा १.४ प्रतिशत छ। अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा सबैभन्दा ठूलो संख्या क्रमशः चीन, भारत, दक्षिण कोरिया, क्यानडा, भियतनाम, ताइवान, नाइजेरिया, जापान, ब्राजिल, साउदी अरब र नेपालीको छ।

शैक्षिकसत्र २०२२/२३ मा दुई लाख ८९ हजार ५२६ चिनियाँ विद्यार्थी, दुई लाख ६८ हजार ९२३ भारतीय विद्यार्थी र ४३ हजार ८४७ दक्षिण कोरियाली विद्यार्थी अमेरिकामा अध्ययनरत रहेको रिपोर्टमा उल्लेख छ। अघिल्लो वर्षको तुलनामा शैक्षिकसत्र २०२२/२३ मा अमेरिकामा भारतीय विद्यार्थी ३५ प्रतिशतले बढेका छन्। यस्तै, घानाका ३२ प्रतिशतले, बंगलादेशका २८, नेपाली २७.९, पाकिस्तानका १६, कोलम्बियाका १३, इटालीका १० र स्पेनका विद्यार्थी ५ प्रतिशतले बढेका छन्।

रिपोर्टका अनुसार शैक्षिकसत्र सन् २०१५/१६ मा नौ हजार ६६२, २०१६/१७ मा ११ हजार ६०७, २०१७/१८ मा १३ हजार २७०, २०१८/१९ मा १३ हजार २२९, २०१९/२० मा १२ हजार ७३०, २०२०/२१ मा ११ हजार १७२, २०२१/२२ मा ११ हजार ७९९ र २०२२/२३ मा १५ हजार ९० नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत छन्।

शैक्षिकसत्र २०२२/२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या हालसम्मकै उच्च रहेको रिपोर्टमा उल्लेख छ। अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको सबैभन्दा ठूलो संख्या यसअघि २०१७/१८ मा १३ हजार २७० थियो। अमेरिकामा हाल अध्ययनरत नेपाली विद्यार्थीमध्ये ६ हजार २८८ जना अन्डरग्रयाजुएट, पाँच हजार ५४२ ग्रयाजुएट, ८९ नन–डिग्री र तीन हजार १७१ जना ओपीटी तहमा अध्ययनरत छन्।

शैक्षिकसत्र २०२२/२३ मा नेपाली विद्यार्थीले अमेरिकी अर्थतन्त्रमा ४७ करोड अमेरिकी डलर (करिब ६२ अर्ब ५७ करोड रुपैयाँ) योगदान गरेको रिपोर्टमा जनाइएको छ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १९:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।