April 21, 2025 | सोमवार, बैशाख ९, २०८२
सुचनाहरु
पाथीभरा जाँदै गरेकी बोलेरोमा करेन्ट लाग्दा ४ जनाको गयो ज्यान प्रहरीको परिक्षा दिईरहेका परीक्षार्थी नै नक्कली  शिक्षक आन्दोलनबाट फर्किदै गरेका शिक्षक बिचबाटोमै अस्ताए फेसबुकलाई दिएको समयसिमा आज सकियो, अब के छ सरकारको योजना? शिक्षक आन्दोलनले १२ का  विध्यार्थीको भविष्य जोखिममा रिहा भए सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु रवि लामीछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी निकिताले दिइन् बन्दी प्रत्यक्षीकरणको रिट राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने भनेपछी गृह मन्त्रालयले दियो यस्तो चेतावनी  ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने

तनहुँको भानुभक्त क्याम्पसमा लागेको ताला खुल्यो

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १२:४२
तनहुँको भानुभक्त क्याम्पसमा लागेको ताला खुल्यो

पोखरा ।स्ववियु निर्वाचनको संघारमा तनहुँको बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसमा लागेको ताला खुलेको छ।

बिहीबार क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच सहमति भएसँगै क्याम्पसमा लागेको ताला खुलेको हो।

गत फागुन २९ गते नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)लगायतका विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए।

स्ववियु निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका विद्यार्थीको भर्ना नै नभएको र स्ववियु निर्वाचन अवधिभर क्याम्पस बन्द हुने भएपछि भोट माग्ने अधिकारबाट वञ्चित गराएको भन्दै तालाबन्दी भएको हो।

नेकपा एमाले निकट अनेरास्ववियुले भने तालाबन्दी खोलेर निर्धारित मितिमै स्ववियु निर्वाचन गराउन क्याम्पस प्रशासनलाई दबाब दिइरहेको थियो।

तालाबन्दीकै कारण भानुभक्त बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन। बिहीबार क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच ३ बुँदै सहमती भएको हो।

पठनपाठन तत्काल सुरु गर्ने, भर्ना प्रकृया सुरु गर्ने र स्ववियु निर्वाचनका लागि क्याम्पस प्रशासनले तत्काल क्याम्पस सञ्चालक समितिसमक्ष प्रस्ताव लैजाने समहती भएको अखिल (क्रान्तिकारी) भानुभक्त बहुमुखी क्याम्पस इकाइ अध्यक्ष विनिता भण्डारीले बताइन्।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट