July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सीके राउतको प्रस्ताव : नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राखौं

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १३:२१
सीके राउतको प्रस्ताव : नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राखौं

काठमाडौं। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत(सीके)ले संसदमा सांसदहरुले बोलेका नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राख्न प्रस्ताव गरेका छन् ।

संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार संसदमा सांसदहरुले नेपाली बाहेकका भाषामा पनि आफ्ना कुरा राख्न सक्छन् । तर, नेपाली भाषा बाहेकका भाषामा सांसदले बोलेको विषय संसदीय अखिलेखमा रहने गरेको छैन् ।

संसदमा सांसदले बोलेका नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राख्नुपर्ने व्यवस्थाका लागि अध्यक्ष राउतले प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

प्रतिवेदनको दफा २४१ मा संसदमा प्रयोग गरिने भाषा सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रतिनिधि सभा वा यसका समितिको कामकारबाही नेपाली भाषामा हुनेछ ।’ यहीँनेर ‘तर, प्रतिनिधिसभा सदस्यले आफ्नो मातृभाषा वा रोजेको भाषामा आफ्नो मन्तव्य राख्न सक्नेछ’ भनी थप्ने प्रस्ताव सांसद राउतले राखेका छन् ।

साथसाथै, ‘कुनै सदस्यले आफ्नो मातृभाषामा बोलेको अवस्थामा त्यसलाई अभिलेख राख्ने व्यवस्था मिलाइनेछ’ भन्ने प्रावधानलाई निरन्तरता दिनुपर्ने उनको प्रस्ताव रहेको छ ।

सांसद राउतले पोशाक सम्बन्धी व्यवस्थामा पनि संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रतिवेदनको दफा २४१ मा पोशाक सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘सदस्य (सांसद)को पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोके बमोजिम हुनेछ ।’ यस व्यवस्थाको सट्टामा ‘सदस्य (सांसद)ले आफ्नो रोजाइको वा आ–आफ्नो संस्कृति झल्किने पोशाक लगाउन सकिनेछ।’

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्