sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १६:३९
नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा

पोखरा । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको काम, जिम्मेवारी र संख्यालाई लिएर अनर्गल प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट नेपाली सेनाका विषयमा अनर्गल प्रचार भइरहेको बताए ।

नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेको जिम्मेवारीका बारेमा बेला मौकामा अनर्गल गाली र प्रचारहरु गर्ने गरेको उनको आरोप छ । ‘नेपाली सेनाले संविधानसम्मत रुपमा निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको पाइन्छ । विभिन्न सञ्चार माध्यमबाट र सामाजिक सञ्जालबाट प्रशारित हुने यस किसिमको भ्रामक प्रचारबाजीबाट तपाईहरु टाढै रहनुपर्छ’ प्रधान सेनापति शर्माले भने ।

नेपाली सेनाका बारेमा केही जान्न इच्छा भएका आधिकारिक वेबसाइट र सम्बन्धित विभागमा गरेको परिपत्रबाट बुझ्न पनि उनले आग्रह गरे ।

‘समय समयमा कसको इसारामा हो, बाहिरी व्यक्तिहरुबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ र यस्तो साइजको हुनुपर्छ, राइट साइजिङ हुनुपर्छ र अन्य किसिमको भन्ने नचाहिँदो नचाहिँदो किसिमका कुराहरु पनि हुने गर्छ र त्यसलाई प्रकाशित पनि गर्ने गरेको पाइएको छ’, प्रधान सेनापतिले शर्माले भने, ‘यो हेर्दा हाँस्यापद हो भन्न चाहन्छु ।’

आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्ने विषय भएको उनको भनाइ थियो । ‘न कि कुनै आइएनजिओ, एनजिओमा बसेर आफैं स्वघोषित प्राज्ञ, स्वघोषित विज्ञ, सुरक्षा विज्ञ भन्नेहरुले गर्ने होइन,’ उनले भने, ‘यो नेपाल सरकारको काम हो भनेर उहाँहरुलाई पनि म भन्न चाहन्छु ।’

नेपाली सेनाले देशको अर्थतन्त्रमा गरेको योगदान र कल्याणकारी कामबारे भने सुरक्षा विज्ञहरुले कतै पनि उल्लेख नगरेको शर्माको भनाइ छ ।

नेपाली सेनासँग सम्बन्धित विभिन्न सूचनाहरुसँगै कल्याणकारी कार्य र कोषको समेत वेबसाइटमा प्रकाशित हुने गरेको उनले बताए । शिक्षा, स्वास्थ्य, स्वरोजगार र केही मात्रामा भए पनि सहुलियतमा हिताधिकारीलाई सुविधा उपलब्ध गराउन कल्याणकारी कोष प्रयोग गरिएको उनको भनाइ थियो । कोषको रकम सदुपयोग गर्न आफू निकै संवेदनशील भएर लागेको शर्माले बताए ।

अहिले ७३ अर्ब रुपैयाँ नेपाली सेनाको कल्याणकारी कोषमा रहेको र त्यसको १३ करोड ३७ लाख रुपैयाँ ब्याजबाट खर्च गर्ने गरेको उनले जानकारी दिए । नेपाली सेनाले शान्ति सेनामा गएर नेपालभित्र वर्षको २२ करोड अमेरिकी डलर ल्याउने गरेको प्रधान सेनापति शर्माले बताए । यसरी वर्षको २२ देखि ३३ अर्ब रुपैयाँ विदेशी मुद्रा नेपाली सेनाले ल्याउँदा नेपालको अर्थतन्त्रलाई सहयोग गरेको दाबी गरे ।

१० लाख हिताधिकारीलाई सहयोग पुग्ने गरी विभिन्न कल्याणकारी कार्यक्रम गरेको शर्माको भनाइ थियो । कल्याणकारी कोषको ठूलो रकम शिक्षा क्षेत्रमा खर्च गरेको पनि उनले बताए ।

शिक्षालाई पहिलो प्राथमिकतामा राखेर रकम खर्च गर्ने गरेको बताउँदै प्रधान सेनापति शर्माले सैनिक स्कुल नभएका ठाउँमा पनि पढ्ने व्यवस्था मिलाउने काम भइरहेको उल्लेख गरे । नेपाली सेनाका कर्मचारीको फरक क्षमता भएका छोराछोरीका लागि वरदान फरक क्षमता विद्यालय पनि बनाउन लागिएको बताए ।

नेपाली सेनाको आफ्नै मेडिकल कलेज र यस वर्षदेखि इन्जिनियरिङ कलेज पनि सञ्चालन गर्न लागिएको शर्माले जानकारी दिए । सबै प्रदेशमा एउटा अस्पताल खोल्ने नीतिअनुसार बु्टवलमा पनि सैनिक अस्पताल निर्माणाधीन रहेको उनले बताए ।

फूलबारी ब्यारेकमा भएको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने ३ हजार ८९४ भूपू सैनिक सहभागी थिए ।
सेनाको नं ३ बाहिनी अड्डा खैरेनीटार तनहुँमा शुक्रबार गोरखा, लमजुङ र तनहुँमा स्थायी बसोबास गर्ने भूपू सैनिकको सम्मेलन हुनेछ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid