sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रचण्डसँग माधव नेपालको प्रस्ताव : पुरानो नेकपालाई रिभाइभ गरौं

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १५:0७
प्रचण्डसँग माधव नेपालको प्रस्ताव : पुरानो नेकपालाई रिभाइभ गरौं

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुरानो नेकपा ब्यूँताउन प्रस्ताव गरेका छन्।

शुक्रबार नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डलाई नेकपा ब्यूँताउन प्रस्ताव गरेको बताए।

‘आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेरो कुराकानी भयो । मैले भने, हाम्रो पार्टीले पुरानो नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?,’ उनले प्रश्न गरे।

अध्यक्ष नेपालले आफूलाई कमजोर नआँक्न चेतावनी दिएका छन्। प्रतिनिधिसभामा १० सिट रहे पनि आफूहरू निर्णायक हुने उनको भनाई छ।

‘हाम्रो उपस्थितिले मात्र ठूलो परिवर्तन ल्याइदिन्छ। बुझ्दैनन् भने के गर्न सकिन्छ? हाम्रो हैसियतलाई अवमूल्यन गर्ने काम नहोस्। हाम्रो खुबी क्षमता कसैले पनि अन्डरमाइन्ड नगर्नु, हामी स्क्छौं गर्न। हाम्रो शक्ति १० वटा भए पनि निर्णायक हुनसक्छ,’ उनले भने।

अध्यक्ष नेपालले अहिलेको १० दलीय गठबन्धनलाई मिलाएर लैजानुपर्ने बताए। उनले १० वटा पार्टीले साथ नदिए पनि साथ दिनेका निम्ति के भूमिका खेल्नुपर्छ आफूहरू तयार रहेको बताए। अध्यक्ष नेपालले आफूहरूले चाहेको भए राष्ट्रपति बन्न सक्ने बताए।

‘चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सकिन्थ्यो। तर के हुन्थ्यो थाहा छ? यो एकीकृत समाजवादी, माधव नेपाल धोकेबाज। कांग्रेसलाई धोका दियो, माओवादीलाई धोका दियो। राष्ट्रपति बन्न भूमिका खेल्यो भन्थे। राम्रो हुन्थ्यो? राष्ट्रपति पाउनु ठूलो थिएन। धोका दिने गरी अघि बढ्न चाहिएन। कांग्रेसलाई राष्ट्रपति बन्नुस् भनेको हो,’ उनले भने।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १५:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid