sweet bonanza
January 31, 2026 | शनिबार, माघ १९, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

उत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्री

  • साझा परिवेश
  • शनिबार, चैत्र ११, २०७९ १७:१९
उत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरीब, बिपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताएका छन् । शनिबार दिउँसो काठमाडौंमा आयोजित विश्व नेवार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले गरीब र उत्पीडित वर्गले आफ्नो असल प्रतिनिधि चिन्न सक्नुपर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘नेपाली जनताको त्याग र बलिदानको बलमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ। यद्यपि, वर्तमान संविधान पनि हामीले अपेक्षा गरेजस्तै पूर्णचाहिँ छैन। नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य संघर्ष गरेको थियो। जे–जति अधिकार लेखिएका छन्, त्यसका लागि निर्णायक भूमिका खेलेको थियो। इमान्दार र निरन्तर संगठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन्। तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने कुरा राम्रोसँग चिन्न जरूरी छ।’

यस्तो छ प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

विश्व नेवार दिवसको उपलक्ष्यमा आयोजित यस कार्यक्रममा सहभागी हुने मौका दिनुभएकोमा नेवार समुदायका तपाई सबै आदरणीय महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। वर्ल्ड नेवार अर्गनाइजेसनद्वारा आयोजित यस विश्व नेवार दिवसको उपलक्ष्यमा भइरहेको कार्यक्रमको सफलता र भव्यताका लागि शुभकामना व्यक्त गर्दछु।

नेपाल राष्ट्र निर्माणमा नेवार पुर्खाहरूको मुख्य र ऐतिहासिक भूमिका रहेको यथार्थ हाम्रोसामु छर्लङ्गै छ। नेपाललाई स्वाधीन राष्ट्रको रूपमा विश्वसामु चिनाउन नेवार पुर्खाले विरासतमा हामीलाई छाडेर गएका मन्दिर, पाटी, पौवा, दबली, हिटी, देवालय लगायतका सम्पदाहरू, ती सम्पदासँग जोडिएका जात्रापर्व, साहित्य संगीतको साँस्कृतिक परम्पराहरू र यी साँस्कृतिक परम्परासँग जोडिएका खानपिन, भेषभुषा, सभ्य शहर र जीवनलाई चलायमान गर्ने नेवाः दर्शनमा आधारित जीवन व्यवहारहरू र यसबाट पैदा हुने राष्ट्रिय एकताको भावनाको ठूलो योगदान रहँदै आएको कुरा स्मरण गर्न चाहन्छु। विश्वमै नगर सभ्यता शुरु गर्ने अग्रज समुदायमध्ये नेवार समुदाय पनि हो। आज हामीले विश्व नेवार दिवस मनाइरहँदा ती नेवार अग्रजहरूप्रति सम्मान व्यक्त गर्नैपर्दछ।

नेवारहरूको आदिम थलो यही काठमाडौं उपत्यका हो। तर आज देशका प्रायः सबै स्थानमा नेवार समुदायको बसोबास पाइन्छ। नेपालका प्रायः सबै मुख्य शहरहरू काठमाडौं उपत्यकाबाट विभिन्न कालखण्डमा विभिन्न कारणले गएका बसाइँ सरेर गएका नेवारहरूले नै बसालेको पाइन्छ। आज भूमण्डलीकरणको जमाना छ। यसै क्रममा विश्वका कुनै पनि देशमा जाने हो भने त्यहाँ नेवार समुदायका कोही न कोहीसँग भेटघाट हुने अवस्था छ।

नेवार समुदायको एउटा विशेषताको हामी सबैले सम्मान गर्नै पर्दछ। त्यो भनेको नेवारहरु जहाँ जसरी बसे पनि नेवार संस्कृति र पहिचानलाई सामूहिकतामा मनाउँदै निरन्तरता दिने विशेषता हो। एकातर्फ यसले नेपालका अरू समुदायलाई प्रेरणा दिइरहेको छ भने अर्कोतर्फ विदेशमा नेपालको पहिचान, स्वाभिमान र गौरव बढाउने काम भइरहेको छ।

यही परिप्रेक्ष्यमा विश्वभरि छरिएर रहेका नेवारहरूबीच सहकार्य समन्वय गर्न वर्ल्ड नेवार अर्गनाइजेशन गठन गर्नु गौरवको कुरा हो। यस संगठनको स्थापना भएको दिनलाई नेपालमा भइरहेझैं विश्वभरका विभिन्न शहरहरूमा नेवा दिवसको रुपमा मनाइरहेका छन्। साथै विश्वका कयौं शहरहरूमा नेपालबाट गएका नेपाली समुदाय सहभागी भएर यो दिवस मनाइरहेका छन्। त्यसैले ती देशहरूमा यो नेवार दिवस मात्र नभएर नेपाल दिवस बन्दै गएको अनुभूति गर्न सकिन्छ।

चितवन र अन्य कतिपय स्थानमा जानैपर्ने भएपनि तपाईहरूको कार्यक्रमलाई महत्व दिएर म उपस्थित भएको छु। यहाँ नेवाको ऐतिहासिक, संस्कृतिको अध्ययन एवं अनुसन्धानसँग सम्बन्धित धेरै बौद्धिक महानुभावहरू हुनुहुन्छ। मैले यहाँ श्रद्धेय दुर्गालाल दाई लगायत थुप्रै अग्रजहरू देखिरहेको छु। उहाँहरूको परिचय केवल नेवार भाषा जाति मात्र होइन। उहाँहरू नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका जिउँदा दस्तावेजहरू हुनुहुन्छ। यसका लागि आयोजक मित्रहरूलाई धन्यवाद भन्न चाहन्छु।

नेपाल जनताको त्याग र बलिदानको बलमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ। यद्यपि, वर्तमान संविधान पनि हामीले अपेक्षा गरेजस्तै पूर्ण चाहिँ छैन। नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य संघर्ष गरेको थियो। जे–जति अधिकार लेखिएका छन्, त्यसका लागि निर्णायक भूमिका खेलेको थियो। इमान्दार र निरन्तर संगठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन्। तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने कुरा राम्रोसँग चिन्न जरूरी छ।

अन्त्यमा, विश्व नेवार दिवसको उपलक्ष्यमा यसै मञ्चबाट विश्वका विभिन्न ठाउँमा छरिएर रहेका नेवारहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। पहिचान र अधिकारको क्षेत्रमा तपाईहरूले उठाउनुभएका माग र मुद्दाहरूप्रति ऐक्यवद्धता प्रकट गर्दै विदा हुन्छु, धन्यवाद।

  • साझा परिवेश
  • शनिबार, चैत्र ११, २०७९ १७:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid