May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

दसैँको लागि १००० मेट्रिकटन चिनी बजारमा पठाउँदै

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:00
दसैँको लागि १००० मेट्रिकटन चिनी बजारमा पठाउँदै
  • सरकारले बडादसैँअघि एक हजार मेट्रिकटन चिनी बजारमा पठाउने
  • साल्ट ट्रेडिङमार्फत व्यापारीलाई प्रतिकिलो ९७ रुपैयाँमा चिनी उपलब्ध गराउने
  • देशभर दैनिक ५० हजार क्विन्टल चिनी माग

काठमाडौं ।।

सरकारले बडादसैँअघि एक हजार मेट्रिकटन चिनी बजारमा पठाउने भएको छ । उद्योगीबाट खरिद गरी साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडमार्फत सो मात्रामा चिनी बजारमा पठाउन लागिएको हो । पहिलो चरणमा एक हजार मेट्रिकटन चिनी बजारमा पठाइने वाणज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए । उनका अनुसार दसैँपछि उद्योगीले थप चिनी सरकारलाई उपलब्ध गराउनेछन् । महँगोमा किनेर सरकारले साल्ट ट्रेडिङमार्फत व्यापारीलाई प्रतिकिलो ९७ रुपैयाँमा चिनी उपलब्ध गराउने उनले बताए।

अहिलेको चिनी ‘हाई क्वालिटी’को भएकाले सरकारले किन्दा महँगो पर्ने चिलुवालको भनाइ छ । “उद्योगहरूले पहिलो चरणमा हामीलाई एक हजार मेट्रिकटन चिनी दिने भएका छन् । उनीहरूले कति मूल्यमा दिने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । तर, सरकारले महँगोमा किनेर भए पनि साल्ट ट्रेडिङमार्फत ९७ रुपैयाँमै उपलब्ध गराउँछौँ,” उनले भने, “साल्ट ट्रेडिङले ९७ रुपैयाँमा उपलब्ध गराए पनि बाहिर यो मूल्यभन्दा अलिकति बढी पर्न सक्छ ।” अरू सामान्य समयमा देशभर दैनिक ५० हजार क्विन्टल चिनी माग हुने गरेको छ । चाडपर्वमा भने बढी माग हुने उनले बताए । उक्त चिनी साल्ट ट्रेडिङले खरिद गरेपछि बजारमा प्रतिपसल दुई बोराका दरले उपलब्ध गराउने व्यवस्था मिलाइने बताइएको छ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।