sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट लैजाने तयारी

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १५:५४
रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट लैजाने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहादनीसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्ध रिट लैजाने तयारी गरिएको छ । उनको सांसद पदको योग्यतासम्बन्धी रिट दायर गरेका युवराज पौडेल (सफल) महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका हुन् ।

यसअघि, अमेरिकी नागरिक रहँदै नेपाली राहदानी प्राप्त गरी दुरुपयोग गरेको भन्दै लामिछानेविरुद्ध अनुसन्धान गरिएको थियो । गएको फागुनमा प्रहरीले अनुसन्धान सकी लामिछानेविरुद्ध मुद्दा दायर गर्नु नपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो ।

सोहीअनुसार जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसको जानकारी उच्च सरकारी वकिल कार्यालय पाटनलाई गराइएको थियो । उच्चले समेत लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्‍यो ।

सो निर्णय महान्यायाधिवक्ता कार्यालयलाई जानकारी गराइयो । महान्यायाधिवक्ता कार्यालयले पनि लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । अमेरिकी नागरिक रहँदा नेपाली राहदानी प्राप्त गरे पनि त्यसको प्रयोग नगरेको मुख्य आधार लिँदै महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सकेसम्म छिटो रिट लैजाने तयारी आफूले गरेको पौडेल बताउँछन् । “महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट हामी छिटोभन्दा छिटो लग्ने तयारीमा छौँ,” पौडेलले बाह्रखरीसित भने ।

 

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid