April 20, 2024 | शनिबार, बैशाख ८, २०८१
सुचनाहरु
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

भक्तपुर–नगरकोट सडक खण्ड अलपत्र पारेपछि प्रचण्डका घरबेटीको ठेक्का तोड्न सार्वजनिक सूचना

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १३:५0
भक्तपुर–नगरकोट सडक खण्ड अलपत्र पारेपछि प्रचण्डका घरबेटीको ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं । भक्तपुर–नगरकोट सडक पटकपटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई ठेक्का तोड्न आयोजना कार्यालयले सार्वजिनक सूचना निकालेको छ । शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारी प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । प्रचण्डको घरबेटी भएकै कारण उनले थुप्रै ठेक्कामा उन्मुक्ति पाएको आलोचना हुँदै आएको थियो ।

शैलुङ कन्स्ट्रक्सनले २०७०।७१ मा भक्तपुरदेखि नगरकोटसम्मको सडक सुधार र विकासका लागि ठेक्का पाएको थियो । ठेक्का पाएको करिब १० वर्षको अवधिमा ८ पटक म्याद थप्दा पनि काम नभएपछि ठेक्का तोड्न भक्तपुर नगरकोट सिपाघाटरबालाजु, त्रिशुली छहरे सडक आयोजनाले सोमबार सूचना निकालेको छ । यदि सम्झौता खारेज गर्नु नपर्ने कारण छ भने १४ दिनभित्र पेश गर्न पनि समय दिइएको छ । अन्यथा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार ठेक्का सम्झौता खारेज हुनेछ ।

यो सडक ठेक्काको समयसीमा पछिल्लो पटक पुस ३० सम्मका लागि थपिएको थियो । तर, म्याद सकिएको साढे २ महिना बित्दासम्म कामको सुरसार नभएपछि ठेक्का तोड्ने प्रक्रिया बढाइएको हो । लिखित र मौखिक सहमतिअनुसार कार्य प्रगति नभएकाले ठेक्का सम्झौता खारेज गर्न लागिएको आयोजनाका अधिकारीले बताएका छन् ।

 

पर्यटकीय गन्तव्य नगरकोट सडक खण्ड विस्तार नहुँदा १० वर्षदेखि स्थानीय र यात्रुले सास्ती भोग्दै आएका छन् । पटकपटक स्थानीयको विरोध भएपनि उही ठेकेदारलाई पटकपटक समय थप गरेर ठेक्का कायमै राख्दै आएको थियो ।

यसअघि उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गत फागुन १८ गते भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गरेका थिए । उनले भक्तपुर–नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै यस्तै अवस्था रहे सहेर नबस्ने चेतावनीसमेत दिएका थिए ।

‘अबको एक महिनाभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे ठेक्का सम्झौता खारेज हुन्छ ‘, उनले भनेका थिए । मन्त्री श्रेष्ठसमक्ष स्थानीयसमेतले सडक अलपत्र हुँदा पाएको सास्तीको गुनासो गरेका थिए ।

शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले बीचमा रुख कटान, विद्युतको पोल सार्न समस्या आएको र भूकम्पका कारण पनि केही ढिलाइ भएको दाबीसहित एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गरिने प्रतिबद्धता जनाएपनि त्यसपछि काम अघि नबढाएको बताइएको छ । ।

शैलुङले ठेक्का पाएको पाँच वर्षे अवधिमा तीन पटक म्याद थप र १३ प्रतिशत भेरिएसन लिइसकेको छ । त्यसैगरी, चौथोपल्ट चिसो तथा वर्षाको कारण कालोपत्रे गर्ने कार्य गर्न नसकिएको तथा खरिद नियमावली २०६४ आठौं संशोधन अनुसार २०२० अप्रिल १९ मा निर्माण कार्यसक्ने गरी ६७६ दिन, पाचौंपटक खरिद नियमावली नवौं संशोधन अनुसार म्याद थपसम्बन्धी पूर्वनिर्णयहरू यथावत कायम भन्दै २०२० डिसेम्बर ३० सम्मका लागि २५५ दिन, छैटौं पटक कोभिडका कारण भएको बन्दाबन्दीको बाहानामा २०२१ जुन २९ दिनसम्म १८१ दिन र सातौंपटक गत चैत मसान्त अर्थात्त २०२२ अप्रिल १३ सम्मका लागि म्याद थप गरेको थियो । सार्वजनिक खरिद ऐनको १२ औं संशोधनअनुसार उक्त सडक निर्माणको म्याद आठौंपटक थपिएर २०७९ पुष मसान्तसम्म बनाइएको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजनाले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट