sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बिरामी पर्न थाले मिटरब्याज पीडित, सरकारसँगको वार्ता सर्‍यो

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १३:२७
बिरामी पर्न थाले मिटरब्याज पीडित, सरकारसँगको वार्ता सर्‍यो

काठमाडौं । लामो पैदल यात्रा र सडक आन्दोलनका कारण थकित बनेका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका छन् । अस्वस्थताकै कारण उनीहरुले सरकारसँगको वार्ता पनि बिहीबारलाई सारेका छन् । बुधबार मध्यान्हसम्म नियमित जस्तै धर्नामा जाने कि नजाने भन्नेबारेमै उनीहरु अन्योलमा छन् ।

काठमाडौंमा १२ दिन पैदल यात्रा हिंडेर आएका ७३ मध्ये ५५ जना भन्दा धेरैलाई मंगलबार रातिदेखि सञ्चो नभएको संघर्ष समितिका अगुवा संघर्ष दाहालले जानकारी दिए ।

‘हामीले प्रेशर जाँच गरेका थियौं सबै जनाको लो पायौं । रुघा-खोकी तथा केहीलाई सामान्य ज्वरो पनि छ,’ दाहालले भने, ‘संघर्ष समितिका संयोजक मनोज पासवान आफैं बिसन्चो भएका कारण सरकारसँग वार्ता गर्नका लागि एजेन्डामा विस्तृत छलफल समेत हुन सकेको छैन ।’

बिरामीका कारण बुधबार बिहान सरकारी वार्ता टोली संयोजकलाई फोन गरेर बिहीबार मात्रै वार्ता गरौं भनेर जानकारी गराएको उनले बताए । अहिले काठमाडौंमा मिटर ब्याज पीडित हामी ११५ जना छौं, जसमध्ये हिंडेर काठमाडौं आएका अधिकांश बिरामी परे’ दाहालले भने ।

मंगलबार बिहानैदेखि टंगाल, भद्रकाली, माइतीघर र बानेश्वर धर्ना दिए पनि बुधबार धर्नाका कार्यक्रम तय गर्नै नसकेको दाहालको भनाइ छ । अब केही बेरमा पुनः छलफल गरेर आन्दोलनका कार्यक्रमलाई भने निरन्तर नै राख्ने पनि उनले बताए ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १३:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid