sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ ११:५0
बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी

काठमाडौं 

बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ ।

आगो निभाउन ५० युनिटलाई परिचालन गरिएको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको ढाका ट्रिब्युनले जनाएको छ ।
इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली समेत खटाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार केही ब्यापारीहरुले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानतर्फ गएको देखिए पनि केहीले आफ्ना सामान जोगाउन नसकेको समाचारमा उल्लेख छ ।
बंगबजार बिभिन्न खालका कपडा पाइने बजारको रुपमा परिचित छ । त्यहाँ आगो लाग्नुको कारण खुलेको छैन । आगो तीव्ररुपमा फैलिएकाले मानिसको हताहती भए-नभएको पनि एकीन छैन ।

आगो निभाउनका लागि बजार क्षेत्र वरपरका सडकमा यातायात सेवा बन्द गरिएको छ । बंगबजार हुँदै हाईकोर्ट चोकबाट गुलिस्तानतर्फ जाने सडक बन्द गरिएको छ । साथै गुलिस्तानदेखि उत्तर दक्षिणको सडक पनि बन्द छ । ढाका मेडिकल कलेज अस्पताल नजिकको फ्लाइ ओभरमा पनि यातायातका साधन सन्चालनमा रोक लगाइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid