sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेविसंघको प्यानल नै विजयी टीकापुरका दुबै क्याम्पसमा

  • साझा परिवेश
  • बुधबार, चैत्र २२, २०७९ ११:0१
नेविसंघको प्यानल नै विजयी टीकापुरका दुबै क्याम्पसमा

टीकापुर

कैलालीका अधिकांश क्याम्पसमा लज्जास्पद हार व्यहोरेको नेपाल विद्यार्थी संघ टीकापुरका दुईवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन कब्जा गर्न सफल भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको टीकापुर बहुमुखी क्याम्पसमा मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा प्यानलसहित विजयीहुँदै नेविसंघले स्ववियु कब्जा गर्न सफल भएको हो ।

स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघका नृप थापा निर्वाचित भएका हुन् । यसअघि वीरेन्द्र विद्यामन्दिर क्याम्पसमा सम्पन्न भएको स्ववियु निर्वाचनमा नेविसंघका नविन अधिकारी अध्यक्षमा निर्वाचित भएका थिए ।
आज बिहान सम्पन्न मतगणना अनुसार नेविसंघका थापा ४ सय ७५ मतसहित विजयी भएका हुन् ।

निर्वाचनमा अनेरास्ववियुका सुन्दर विश्वकर्माले ३ सय ४२, नागरिक विद्यार्थीका भीमबहादुर चौधरीले २ सय ६६ र क्रान्तिकारीका भुपेन्द्र रावलले २ सय ३३ मत प्राप्त गरेका हुन् । त्यसैगरी सचिवमा ५ सय १० मत प्राप्त गर्दै नेविसंघका मणिराज भट्ट विजयी भएका छन् ।
सचिवमा प्रत्यासी नागरिक विद्यार्थी समाजका अनुज चौधरीले २ सय ८७ मत, अखिल क्रान्तिकारीका मनिषा चन्दले २ सय २६ र अनेरास्ववियुका लक्ष्मी ढकालले २ सय २४ मत प्राप्त गरेका हुन् ।

कोषाध्यक्षमा नेविसंघकै अनिता डगौरा थारु ४ सय ७४ मतसहित विजयी भएकी हुन् ।

उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका गणेश ओलीले २ सय ८४ मत,अनेरास्वयिुका यमराज साउँदले २ सय ६९ र नागरिक विद्यार्थी समाजका निर्मला धामीले २ सय २३ मत प्राप्त गरेका हुन् । हिजो सम्पन्न भएको मतदानमा १ हजार ३ सय ४३ मत खसेको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिएका छन् ।

क्याम्पसमा १ हजार ६ सय १२ मतदाता रहेका थिए ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २२, २०७९ ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid