May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड

सधै बैठकमा अवरोध गरेर हुन्न प्रधानमन्त्रीलाई जवाफ दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १३:४१
सधै बैठकमा अवरोध गरेर हुन्न प्रधानमन्त्रीलाई जवाफ दिनुपर्छ : अध्यक्ष तिमिल्सिना
  • प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विरोधमा एमालेले बैठकमा अवरोध जारी 
  • जिज्ञासाहरु प्रश्नहरुको बारेमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔं : अध्यक्ष तिमिल्सिना

काठमाडौं ।।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिने वातावरण बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विरोधमा एमालेले बैठकमा अवरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले उक्त आग्रह गरेका हुन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सुरुमै एमालेले उठेर विरोध गर्यो । त्यसपछि अध्यक्ष तिमिल्सनाले एमाले सांसद विमला घिमिरेलाई बोल्न समय दिए । एमाले सांसद घिमिरेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसदको कार्यसूची अगाडि नबढाउन आग्रह गरिन् । साथै उनले प्रश्न गरिन्, ‘नेपालको प्रधानमन्त्री नेपालले बनाउँछ कि दिल्लीले ?’

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले एमालेले गरेको प्रश्न प्रधानमन्त्रीलाई भएको हुन सक्ने भन्दै जवाफका लागि वातावरण बनाउन आवश्यक रहेको बताए । ‘एउटा जिज्ञासा सोध्न चाहन्छु भन्नुभएको छ । सायद प्रधानमन्त्रीलाई नै त्यो प्रश्न होला’ अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालको सरकार नेपालले बनाउँछ कि बाहिरबाट भनेर सोध्नुभएको छ । यसको उत्तर दिन पनि प्रधानमन्त्रीले यहाँ बोल्ने वातावरण बनाउनुपर्छ । यस्ता जिज्ञासाहरु प्रश्नहरुको बारेमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔं ।’

तर, एमाले सांसदहरुले राष्ट्रिय सभामा उठेर विरोध जारी राखेका छन् । संसदमा अवरोध जारी रहँदा बजेटमाथिको छलफललाई निष्कर्षमा पुर्याउन नसक्ने र १५ दिनपछि स्वतः प्रतिनिधिसभामा जाँदा राष्ट्रिय सभाको भूमिका न्युन हुन जाने अध्यक्ष तिमिल्सिनाले बनाए । आफ्नो माग यथावत राखेर पनि संसदको बैठक सुरु गर्दा उपयुक्त हुन सक्ने पनि उनले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।