May 21, 2025 | बुधबार, जेष्ठ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको रघुजी पन्तको भनाइ

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १४:५४
सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको रघुजी पन्तको भनाइ

काठमाडौं 

नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन ।’

सरकारले १०० दिनको उपलब्धि भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको पन्तले बताए । ‘३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन । यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन्’ उनले भने, ‘न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको उल्लेख छ ।’

१०० दिन पूरा हुँदासम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको भन्दै उनले अहिलेसम्मको उपलब्धि सिद्धान्तहीन र नीतिहीन भएको बताए । ‘जनताले उपलब्धि पाउनुप¥यो, जनताले व्यवहारमा सरकार छ भन्ने देखिनुप¥यो, १०० दिनमा मन्त्रिपरिषद बनाउन नसक्ने, यो उपलब्धिहीन भएको छ, यसले कुनै निकास दिन सकेको छैन’ सांसद पन्तले भने ।

कोही व्यक्ति कति पटक प्रधनमन्त्री भयो भन्ने उल्लेखनीय नहुने भन्दै उनले के काम ग¥यो भन्ने महत्वपूर्ण हुने बताए ।

मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराई आफ्नो कामका कारण सम्झिइरहने नाम भएको भन्दै सांसद पन्तले भने ‘आजका प्रधानमन्त्री उभिएर बोल्न सक्दैनन्, तिनीहरुको अनुहारमा दागैदाग छ ।’

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १४:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट