July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

पथरीशनिश्चरेमा संस्कृतिको संरक्षण गर्न निःशुल्क च्याब्रुङ नृत्य प्रशिक्षण

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १४:२२
पथरीशनिश्चरेमा संस्कृतिको संरक्षण गर्न निःशुल्क च्याब्रुङ नृत्य प्रशिक्षण

विराटनगर । पथरीशनिश्चरे नगरपालिकाले वडाबाट नै च्याबु्रङ नृत्य संरक्षणको अभियान थालेको छ। पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को सहयोग तथा किरात फाल्गुनन्द युमा माङ्हीमको समन्वयमा लिम्बुहरुको परम्परागत रुपमा रहेको प्रसिद्ध च्याबु्रङ (केलाङ) नृत्यको संरक्षण र पुस्तान्तरणको अभियान थालनी भएको वडा सदस्य झमकबहादुर लिम्बुले जानकारी दिए। लोक संस्कार र संस्कृति हराउँदै जान थालेपछि पालिकाले अभियानको रुपमा बाजा, नृत्यको संरक्षण काम थालनी भएको उनले बताए । एक महिना सम्म संचालन हुने प्रशिक्षणको शुभारम्भमा स्थानीय जनप्रतिनिधिहरु सहभागी थिए । वडा नम्बर ८ का वडा अध्यक्ष नवीन कार्की, वडा सदस्य झमकबहादुर लिम्बु, बाबुराम चौधरी र शान्ता योङ्हाङ लगायतले च्याब्रुङ संरक्षणको दायित्व वडा र पालिकाको हुने बताए । वडामा अहिले वडाध्यक्ष कार्कीको पहलमा माङ्हिममा लिम्बु भाषा पठनपाठन भइरहेको छ भने पाठशालाको लागि पक्की भवन समेत निर्माण भएको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्