July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

२ करोड मागेको अडियो प्रकरणमा जोडिएकाहरूविरुद्ध रविले अख्तियारमा उजुरी दिने

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:00
२ करोड मागेको अडियो प्रकरणमा जोडिएकाहरूविरुद्ध रविले अख्तियारमा उजुरी दिने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडियो प्रकरणमा जोडिएकाहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने बताएका छन्।

आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन- २ का उम्मेदवार समेत रहेका रास्वपा सभापति लामिछानेले २ करोड मागिएको अडिओ प्रकरणमा जोडिएका आफ्नो पार्टीका नेता, सांसद्लगायत सबैविरुद्ध अख्तियारमा उजुरी दिने बताएका हुन्।

चितवन- २ मा चुनावी अभियानका क्रममा रहेका लामिछानेले सोमबार सभामा बोल्दै उनले यस्तो बताएका हुन्। ‘जसले, जसले गल्ती गरे पनि कारबाही गर्न सक्छु भन्ने छाती लिएर हिँडेको छ, उसलाई कसैको डर छैन, कसैलाई बचाउनु छैन। मेरै नजिकका मेरै वरपर बसेका मान्छेहरूलाई आरोप लागेको छ’, उनले भने, ‘आज म आफैँ अख्तियारमा निवेदन दिनेछु। मेरै वरपर भएका ती मान्छे को हुन्? छानबिन गर्नु, कारबाही गर्ने जिम्मा हामी पनि लिन्छौँ। सबैभन्दा ठूलो कारबाही गर्नू, निर्मम भएर कारबाही गर्नु भनेर हामीले भनेका छौँ।’

यता, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक भएको अडियोबारेमा छानबिन हुने बताएका छन्।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्