May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

सीता–रामको स्वयंवर प्रतिमामा ८५ क्वीन्टल अन्नको प्रयोग

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १२:२१
सीता–रामको स्वयंवर प्रतिमामा ८५ क्वीन्टल अन्नको प्रयोग
  • अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण
  • जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहद्वारा जानकारी 
  • प्रतिमा निर्माणमा १० लाख रुपैयाँको अन्न र अन्य व्यवस्थापन गरी २० लाख रुपैयाँ भन्दा बढी खर्च

जनकपुरधाम ।।

सीता–राम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व कीर्तिमानका लागि ८५ क्वीन्टल अन्नबाट रंगभूमि मैदान बाह्रविघामा प्रतिमा निर्माण गरिएको हो । विश्व कीर्तिमान कायम गरी जनकपुरको पर्यटन प्रवर्द्धनका लागि सीता–राम स्वयंवर प्रतिमा निर्माण गरिएको जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहले बताए ।

उक्त प्रतिमाको उत्तर छेउमा रामका गुरु विश्वामित्र र दक्षिण छेउमा जानकीका बुबा जनकको प्रतिमा निर्माण गरिएको छ ।प्रतिमामा रंग अनुसारकै अन्नको प्रयोग गरिएको छ । चामल, गहुँ, सोयाबिन, बदाम, उरिद दाल, चना दाल, रहर दाल, मुसुरो दाल, मकै, बदामी, मुंग दालको प्रयोग गरी प्रतिमा निर्माण गरिएको छ । प्रतिमा निर्माणमा १० लाख रुपैयाँको अन्न र अन्य व्यवस्थापन गरी २० लाख रुपैयाँ भन्दा बढी खर्च भएको जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष साहले बताए ।

यो अन्नको प्रतिमा विश्वमै सबभन्दा ठूलो भएको दावी गरिएको छ । यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० वर्गफिटको मूर्तिले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएको छ । भारतको उत्तरप्रदेशका कलाकार सतीश गुर्जरको नेतृत्वमा ८ जना र जनकपुरका ४ गरी १२ जना कालीगढले सात दिन लगाएर उक्त प्रतिमा बनाएका हुन् । यसको लागि जनकपुर उद्योग वाणिज्य संघ र जनकपुरधाम उपमहानगरपालिकाले चन्दा संकलन गरेका थिए ।

विवाहपञ्चमी सकिएपछि अन्न असहाय, विपन्न, अनाथ आश्रम, मनाव सेवा आश्रममा वितरण गरिने प्रतिमा निर्माण समितिका अध्यक्षसमेत रहेका जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । सप्ताहव्यापी विवाहपञ्चमीको शनिबार पाचौं दिन राम र जानकीको मटकोर मनाइँदै छ । आइतबार जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्वसको मुख्य दिन स्वयंवर र विवाह रहेको छ । विवाह पञ्चमीका लागि नेपाल र भारतबाट भक्तजनहरु जनकपुर आइरहेका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।