काठमाडौं : बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
WordPress database error: [Disk full (/tmp/#sql-temptable-c6769-47fde-4824.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`


काठमाडौं : बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेकाे खत्रीकाे भनाइ छ। उनीहरू सबै एकै गाउँका हुन्।
जीप सवार पाँचजना सकुशल छन्। जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ चालक सम्पर्कविहीन छन्। झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
