May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

सन्दीपविरुद्धको मुद्दामा प्रतिवादीको बहस सकियो

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १६:३९
सन्दीपविरुद्धको मुद्दामा प्रतिवादीको बहस सकियो
  • करणी मुद्दामा प्रतिवादीका वकिलको बहस सकियो 
  • उनीहरूसहित सन्दीप पक्षका ९ वकिलले बहस गरे
  • सन्दीप उच्च अदालतको आदेशबाट थुनामुक्त भए

काठमाडौं ।।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा प्रतिवादीका वकिलको बहस सकिएको छ । वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र रमन श्रेष्ठसहितले सन्दीपका पक्षमा बहस गरे । उनीहरूसहित सन्दीप पक्षका ९ वकिलले बहस गरेका छन् । काठमाडौं  जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसमा अहिले जाहेरवाला र सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । गत आइतबारदेखि न्यायाधीश ढकालको इजलासमा जारी सुनुवाइमा आजै आदेश हुन सक्छ वा सक्दैन भनेर जानकारी गराइसकिएको छैन । तर, जवाफी बहस सकिएपछि फैसला आउन सक्ने अदालत स्रोतले जानकारी दिएको छ ।

सन्दीपको विपक्षमा सरकारी वकिलबाट दुईजना र जाहेरवालाबाट आठ जनाले बहस गरेका थिए । जवाफी बहस भने जाहेरवाला र सरकारी वकिलबाट एक–एक जनाले गर्ने बताइएको छ । पीडित भनिएकी गौशाला २६ (छ) को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ मा जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर भएको थियो । त्यसबेला पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशमा थुनामा पठाइएका सन्दीप उच्च अदालतको आदेशबाट थुनामुक्त भएका थिए ।

 

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।