April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ?

७० वर्षे उमेरहद हटाइएको विषयमा प्रतिक्रिया दिन मानेनन् ओली

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १६:४३
७० वर्षे उमेरहद हटाइएको विषयमा प्रतिक्रिया दिन मानेनन् ओली

काठमाडौं ।।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ७० वर्षे उमेरहद हटाइएको विषयमा प्रतिक्रिया जनाउन अस्वीकार गरेका छन् ।उमेरहद हटाइएको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । एमालेभित्रै पनि कतिपय नेताहरूले असन्तुष्टि जनाइरहेका छन् । तर, आइतबार एमाले अध्यक्ष ओलीले उमेरहद हटाइएको विषयमा प्रतिक्रिया जनाउन मानेनन् ।

आइतबार काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनीको अवलोकन गर्न पुगेका ओलीलाई उमेदरहद हटाइएकोबारे पत्रकारले प्रश्न गरेका थिए । तर, उनले जवाफ दिन चाहेनन् । त्यसक्रममा ओलीले कला संस्कृतिको रक्षा र सम्मान गर्न सके मात्र भावी पुस्ताले उचित शिक्षा लिन सक्ने बताएका थिए ।

अग्रज पुस्ताले निरन्तरता दिएकै कारण अहिलेको पुस्ताले कला संस्कृतिको बारेमा जानकारी पाउन सकेको भन्दै उनले जीवन्त गतिशील मावन समाजका लागि चित्रकला प्रदर्शनीले इतिहास बुझ्न प्रोत्साहन गर्ने बताए ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।