May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

एनसेल प्रकरणसम्बन्धी छानबिन समितिले काम गर्दै

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १४:२६
एनसेल प्रकरणसम्बन्धी छानबिन समितिले काम गर्दै
  • एनसेलको २ खर्बको सम्पत्ति रहेको
  • आजियटाको ८० प्रतिशत सेयर ६ अर्बमा बेचिएपछि…
  • छानबिन समिति’ले ३० दिनभित्रमा प्रतिवेदन बुझाउने

काठमाडौं ।।

२०८६ सालमा स्वतः रूपमा नेपाल सरकारको मातहतमा आउने २ खर्बको सम्पत्ति रहेको एनसेल आजियटाको ८० प्रतिशत सेयर ६ अर्बमा बेचिएपछि दबाबमा परेको सरकारले गठन गरेको समितिले छानबिन थालेको छ । एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिले छानबिन थालेको हो ।

सरकारले एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्न बनाएको ‘एनसेलको सेयर खरिदबिक्री अध्ययन तथा छानबिन समिति’ले ३० दिनभित्रमा प्रतिवेदन बुझाउने संयोजक दंगालले बताए । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले एनसेलको सेयर खरिदबिक्री छानबिन गर्न समिति बनाई ३० दिनको म्याद दिएको थियो । सरकारले दिएको कार्यादेशभित्र रही तोकिएको समयसीमामा सुझावसहितको प्रतिवेदन बुझाउने समितिले जनाएको छ ।

कार्य थालनी गर्दै संयोजक दंगालले भने, ‘एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा केही सूचना तथा जानकारी भए उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्दै सूचना निकालेका छौं ।’ समितिले छानबिनका क्रममा सरकारी अधिकारी सेवाप्रदायक कम्पनी, विज्ञलगायतको राय सुझाव लिनेछ । मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव रितेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले रहेका छन् ।

३० दिनको कार्यादेश प्राप्त गरेको समितिले छानबिनका लागि सार्वजनिक रूपमा सुझाव माग गरेको छ । समितिले अध्ययन तथा छानबिन क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकाय, सरकारी अधिकारी, सम्बन्धित सेवाप्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघसंस्था र व्यक्तिसँग समेत आवश्यकताअनुसार छलफल गरी राय सुझाव लिने उल्लेख गरिएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १४:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।