May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

सर्वोच्चको न्यायाधीश भएका घिमिरेको संसदीय सुनुवाइ हुन सकेन

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० १0:५१
सर्वोच्चको न्यायाधीश भएका घिमिरेको संसदीय सुनुवाइ हुन सकेन
  • विनोद शर्मालाई न्यायाधीशमा सिफारिस गरियो 
  • संसदीय सुनुवाइ हुन नसकेका कारण प्रक्रिया अघि  बढेन 

 काठमाडौं ।।

न्यायपरिषदले विनोद शर्मा घिमिरेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर आइतबार बसेको न्यायपरिषद् बैठकले उनलाई पुनस् न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

‘आज न्यायपरिषद्को बैठक थियो, परिसदले उहाँको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो’, कार्कीले भने, ‘अब उहाँको नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ ।’

गत वर्ष सर्वोच्च अदालतमा सिफारिस भएदेखि नै शर्मा सर्वोच्च अदालतमै काजमा छन् । उनको सिफारिसबारे निर्णय हुन नसकेपछि पुराना मुद्दा टुंग्याउने काममा संलग्न थिए । सिफारिस हुनुअघि उनी उच्च अदालत जनकपुरमा कामू मुख्य न्यायाधीश थिए ।

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।