काठमाडौं । सगरमाथा बेसक्याम्प नजिकै तीनजना शेर्पा बेपत्ता भएका छन्। बेसक्याम्पबाट क्याम्प वानमा जानेक्रममा खुम्बु आइसफल भन्ने स्थानमा उनीहरू बेपत्ता भएका हुन्। ढिस्कोले पुरिएर उनीहरू बेपत्ता भएको पर्यटन मन्त्रालयको स्रोतले बताएको छ।
हिमाल आरोहण गर्नेहरूलाई डोरी टांग्ने (रोप फिक्सिङ) काममा उनीहरू खटिएका थिए। इमेजिन नेपाल एक्स्पिडिसनबाट उनीहरू त्यसतर्फ गएका थिए।
घटनाबारे थप विवरण आउन बाँकी छ।