May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

आगो निभाउन बिग्रिएको दमकल पठाएको भन्दै महानगर घेराउ

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १५:४२
आगो निभाउन बिग्रिएको दमकल पठाएको भन्दै महानगर घेराउ
  • तत्काल खबर गर्दा समेत ४५ मिनेटपछि मात्र दमकमल  आयो 
  • घटनास्थलमा पुगे पनि त्यसले पानी फ्याँक्न  सकेन 
  • स्थानीयले महानगरपालिकाको कार्यालय घेराउ गरे

विराटनगर ।।

विराटनगरमा बुधबार भएको आगलागी नियन्त्रण गर्न समयमै दमकल नपठाएको भन्दै स्थानीयले महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । विराटनगर महानगरको वारुणयन्त्र शाखामा तत्काल खबर गर्दा समेत ४५ मिनेटपछि मात्र दमकमल आएको स्थानीयको आरोप छ ।

महानगरको दमकल घटनास्थलमा पुगे पनि त्यसले पानी फ्याँक्न सकेको थिएन । त्यसपछि अर्को दमकल ल्याइएको थियो । महानगरको दमकल स्टेसन उक्त घटनास्थलबाट करिब साढे चार किलोमिटर उत्तर मानगढमा अवस्थित छ ।विराटनगरको आगलागी नियन्त्रणमा लिन पछि इटहरी उपमहानगरपालिका र सुन्दरहरैँचा नगरपालिकाका दमकल ल्याइएको थियो ।

दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा परी विराटनगर–६ की ५५ वर्षीया सुशीला पासवानको घटनास्थलमै मृत्यु भएको थियो । विराटनगर–६ कै ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा मृत्यु भएको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा ६५ वर्षीया सुनिता कामतको मृत्यु भएको छ । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।