April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

मन्त्री छान्न कोइराला–गगन थापा छलफलमा

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:0१
मन्त्री छान्न कोइराला–गगन थापा छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका डा. शेखर कोइराला–गगन थापा समूह छलफलमा जुटेका छन्। आफ्नो समूहले कम्तिमा ३ मन्त्री पाउनुपर्ने अडान बमोजिम उनीहरु आज छलफलमा जुटेका हुन् ।

एक पदाधिकारीका अनुसार धनराज गुरूङ र डिगमान लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्येबाट मन्त्री चुनिने सम्भावना छ।

कांग्रेसले ८ मन्त्रालय पाएकोमा यसअघि ४ मन्त्री मात्रै सरकारमा पठाएको छ। कोइराला–थापा पक्षले मन्त्री छानेर सभापति शेरबहादुर देउवालाई दिएपछि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नामावली दिने तयारीमा छन् । सभापति देउवा पक्षले भने एनपी साउद र मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

सभापति देउवा पक्षले ३ मन्त्रीको नाम पठाउन भनेपछि कोइराला र थापा पक्ष छलफलमा जुटेका हुन्। गठबन्धनभित्र कांग्रेसलाई ८ मन्त्रालय मात्र दिने भनिए पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डसँग ९ मन्त्रालय माग गरिरहेका छन्। मन्त्रिमण्डलले पूर्णता नपाउँदा प्रधानमन्त्री प्रचण्डको आलोचना हुँदै आएको छ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट