July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:५५
नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर रू एक अर्ब छ करोड ९८ लाख चार हजारमा खरिदबिक्री भएका छन् ।

आज कारोबारमा होटल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै २६ दशमलव ६३ अङ्कले बढेको छ । त्यस्तै, जलविद्युत् समूह छ दशमलव ८१, लगानी समूह शून्य दशमलव १६, निर्जीवन बीमा समूह दुई दशमलव ७२ र व्यापार समूह दुई दशमलव ६१ अङ्कले बढेको छ ।

आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६१ दशमलव ०९ र उत्पादन समूहको उपसूचक ४९ दशमलव ११ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह छ दशमलव ७२, विकास बैंक समूह १५ दशमलव ८२, वित्त समूह शून्य दशमलव ०८, लघुवित्त समूह ३७ दशमलव ६८, म्युचुअल फन्ड समूह शून्य दशमलव १६ र अन्य समूह पाँच दशमलव २४ अङ्कले घटेको छ ।

तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शुभम् पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आजको कारोबारमा सानिमा ग्रोथ फन्डको आठ दशमलव ५६ र सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ३३ प्रतिशतले घटेको छ ।
  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्