July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

प्रदेश संरचना आवश्यक छैन, खारेज गर्नुपर्छ : कमल थापा

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १६:३५
प्रदेश संरचना आवश्यक छैन, खारेज गर्नुपर्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अवस्था डरलाग्दो रुपमा धराशायी हुनेतर्फ गैरहेको तर सत्तासीन दलहरु यसतर्फ उदासीन भएको आरोप लगाएका छन् ।

गम्भीर रुपमा बहस, छलफल हुनुपर्ने विषयमा भन्दा सत्ता केन्द्रित फोहरी खेलमा मात्र दलहरु लिप्त हुनु दुर्भाग्यपूर्ण भएको थापाको ठहर छ ।

आज केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आवश्यक नभएको जिकिर गरे ।

थापाले भने, ‘मुलुकलाई विदेशीले ऋण पनि नपत्याउने स्थिति छ । तलबभत्ता खान ऋण लिनुपर्ने भयो । यस्तो अवस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुँदैन, खारेज गर्नुपर्छ ।’

मुलुकमा सबै क्षेत्रमा बेथिति र विसंगति हावी भएको भन्दै थापाले सस्तो लोकप्रियता र तालीभन्दा यथार्थमा गएर मुलुकको चुनौती समाधान गर्न सबै राष्ट्रवादी प्रजातान्त्रिक र हिन्दूवादी शक्ति एक हुनुपर्नेमा जोड दिए ।

पार्टीलाई स्थापित गर्न धैर्य, मेहनत र सक्रियता आवश्यक भएकाले उच्च मनोबलसहित संगठन केन्द्रित हुनुपर्ने उनले बताए ।

बैठकमा महामन्त्रीत्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले सचिवालय, प्रशिक्षण र संगठनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला अध्यक्षहरुले जिल्लाको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्