May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

इजरायलबाट नेपाल आइपुगिन् सावित्रा

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:५१
इजरायलबाट नेपाल आइपुगिन् सावित्रा
  • नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा इजरायलबाट नेपाल आइन 
  • अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह विमानस्थल पुगे 
  • इजरायलमा हुने सबैखाले फुटबल अर्को सूचना नआउँदासम्मका लागि स्थगित

काठमाडौं ।।

नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) इजरायलबाट नेपाल फर्किएकी छन् । इजरायली क्लब होपाइल रानानाबाट व्यावसायिक फुटबल खेल्ने सावित्रा बिहीबार स्वदेश फर्किएकी हुन् । सावित्रालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह पुगेका थिए । नेपाली महिला टिमकी उच्च गोलकर्ता सावित्राको नाममा ४३ अन्तर्राष्ट्रिय गोल छ ।

गत शनिबार हमासले आक्रमण गरेपछि इजरायलले ‘स्टेट अफ वार’ को घोषणा गरेको छ । त्यसयता हमास र इजरायलबीच युद्ध जारी छ । हमास र इजरायलबीच युद्ध सुरु भएपछि युरोपेली फुटबल महासंघ (यूईएफए)ले इजरायलमा हुने सबैखाले फुटबल अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको छ । भौगोलिक रूपमा एसियामा रहे पनि इजरायलले यूईएफएको सदस्यता लिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।