झडपमा दुई प्रहरी सहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
सडक अवरुद्ध गर्नेगरी यातायात ठप्प पार्ने प्रदर्शनकारीलाई हटाउनेक्रममा प्रहरीमाथी ढुंगामुडा भएपछी दुई जना प्रहरी र एक जना प्रदर्शनकारी महिला घाईते भएको प्रहरी उपरिक्षक ढकालले बताए ।
घाईते तीनै जना जिल्ला अस्पताल इनरुवामा उपचार पश्चात डिस्चार्ज भएका छन । झण्डै २ सय ५० जना प्रदर्शनकारीमध्ये २ सयभन्दा बढी महिला रहेको र प्रहरीको संमयमताले ठुलो क्षती हुन नपाएको प्रहरीको दाबी छ ।
बिगत एक महिनायता बिभिन्न लघुबिक्त संस्थाबाट पिडित भएकाहरुले इनरुवामा प्रदर्शन गर्दै आएका छन । यसअघि उनीहरुले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना समेत दिदै आएका छन ।